७ वैशाख २०८१ शुक्रबार
अन्य

सुविधाभोगी जनप्रतिनिधि

जनताका समस्या सुल्झाउन र विकास निर्माण गर्न चुनिएका जनप्रतिनिधिहरू सौखिन र सुविधाभोगी बन्दै गएका छन् । जनताकै थाप्लोमा आर्थिक व्ययभार पर्ने गरी उनीहरू नयाँ–नयाँ सेवा सुविधा थप्न थालेका हुन्। 

चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका उनीहरू अहिले भने आफैलाई सुविधा थप्न लागिपरेका हुन् । मोबाइल, सवारी–साधन, बिदा, सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडि देखिन थालेका छन्। 

विभिन्न महानगरपालिका र नगरपालिकाका मेयरहरूले यस्ता सुविधा मात्र थपिरहेका छैनन्, आसेपासेलाई विभिन्न खाले नियुक्ति समेत दिलाउन सुरु गरेका छन् । प्रेस, आर्थिक, विकासलगायत सल्लाहकारका नाममा उनीहरूले आसेपासेलाई जागिर दिन थालेका हुन्। 

चुनावका बेला लोकप्रिय नारा लगाएर भोट मागेका उनीहरू अहिले भने आफैलाई सुविधा थप्न लागि परेका हुन् । मोबाइल, सवारी–साधन, बिदा, सुविधा, भत्ता र विभिन्न खाले सुविधा थप्नेमा स्थानीय तहका जनप्रतिनिधि नै अगाडि देखिन थालेका छन्। 

जनप्रतिनिधि बनेको करिब एक वर्ष हुन लाग्दा पनि धेरैले आफू बस्ने कार्यकक्ष झकिझकाउ पार्नमै खर्च गरिरहेका छन् । 
स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बनेको एउटा उदाहरण हो, ललितपुरको महालक्ष्मी नगरपालिका । नगरपालिकाले गत साता मात्र १५ वटा सवारी साधन खरिद गरेको छ । जनप्रतिनिधिकै लागि भनेर किनिएका यी सवारी–साधनको लागत करिब एक करोड १८ लाख ७५ हजार हो । नगरपालिकाले एउटा कार र १४ वटा मोटरसाइकल खरिद गरेको छ। 

भवन नभएर भाडामा बस्दै आएको यो नगरपालिकाभित्र बस्ने जनप्रतिनिधिको कार्यकक्ष भने झकिझकाउ छ । तर, नगरपालिकाको अगाडि रहेको लुभु–लामाटार सडकको अवस्था बेहाल देखिन्छ। 

स्थानीयवासी जनप्रतिनिधिले विकासको नाममा सिन्को पनि नभाँचेको गुनासो गर्छन् । ‘लामो पर्खाइपछि चुनिएका जनप्रनितिधिले अब त काम गर्लान् भन्ने ठूलो आशा थियो,’ ललितपुर इमाडोलका आयुष भण्डारीले भने, ‘काम गर्नुको साटो उनीहरू नै झन् सौखिन र सुविधाभोगी भएका छन्, भोट दिएर जिताउने जनता त ‘माझीदाई’ जस्तै भए ।’ उनले ग्वार्कोबाट लुभु, लामाटार हुँदै लाकुरी भञ्ज््याङसम्म जोड्ने सडकको अवस्था बेहाल भएको सुनाए । वैशाख ५ गते स्थानीय महाभैरवनाथ जात्राको अवसरमा नगरपालिकाले जनप्रतिनिधिलाई बिदा पनि दिएको थियो।

ललितपुरकै गोदावरी नगरपालिका पुग्ने सडकको अवस्था बेहाल छ । चापागाउँ दोबाटोदेखि बज्रबाराहीसम्मको सडक बिग्रिएको वर्षौँ भयो । तर, यसतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान छैन । नगरपालिकाले गत माघमा एउटा पिकअप भ्यान र मोटरसाइकल खरिद गरेको थियो । मेयर गजेन्द्र महर्जनले गत असोजमा हरेक वडाध्यक्षलाई ५० हजारका दरले भत्ता दिएका थिए।

भवन नभएर भाडामा बस्दै आएको यो नगरपालिकाभित्र बस्ने जनप्रतिनिधिको कार्यकक्ष भने झकिझकाउ छ । तर, नगरपालिकाको अगाडि रहेको लुभु–लामाटार सडकको अवस्था बेहाल देखिन्छ। 

‘स्थानीय सरकारले कर्मचारी र जनप्रतिनिधिको लागि भौतिक सुविधा मात्रै बढाइरहेको छ,’ गोदावरी नगरपालिका चापागाउँका सुनिल देसारले भने, ‘विकासका नाममा झिनामसिना काम पनि भएका छैनन्, आफ्नो सेवा मात्रै बढाउँदै लगेका छन् ।’ उनले जनप्रतिनिधिले सरकारबाट पाउनुपर्ने सेवा सुविधा घुँडा टेकेर तुरुन्तै लिने तर जनसरोकार जोडिए काम नगरेको आरोप लगाए । ‘आफूले दिनुपर्ने र जनताको लागि गर्नुपर्ने काममा जनप्रतिनिधिहरू जिम्मेवार नै छैनन् आफूलाई जे सहज लाग्छ त्यहीँ गरेका छन्,’ उनले भने।

ललितपुर महानगरपालिकाका जनप्रतिनिधिहरू भौतिक सुविधाभोगी छन् । जनप्रतिनिधि आएपछि महानगरका सबै वडा कार्यालयहरू सिँगारिएका छन् । हरेक वडाध्यक्षको कार्यकक्ष भकिझकाउ पारिएको छ भने महानगरले गाडी सुविधा पनि दिएको छ । महानगरपालिकाले मेयर–उपमेयरका लागि नयाँ गाडी खरिद तय गरेको छ । अहिले मेयर चिरिबाबु महर्जन महानगरपालिकाकै अघिल्ला मेयर अर्थात् ०५४ सालमा निर्वाचित मेयरले चढ्ने गरेको गाडी चढ्छन् । ‘गाडी खरिद गर्ने योजना छ,’ मेयर चिरिबाबु महर्जनले भने, ‘महानगरलाई आर्थिक भार पर्ने गरी खरिद गर्दैनौँ ।’ 

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले काम गर्न असहज भएकाले नयाँ सवारी–साधन खरिद गरेको जनाए। उनले विभिन्न कामको लागि ओहोरदोहोर गरिरहनुपर्ने भएकोले नगरपालिकाका सबै वडाध्यक्षलाई मोटरसाइकल वितरण गरेको जानकारी दिए । ‘हामीले कामै नगरेका हौइनौँ,’ उनले भने, ‘पहिलो चरणमा निर्णयका हुन्छन्, अनिमात्रै काम सुरु हुन्छ ।’ उनले लुभु क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा चिनाउन काम गरिरहेको जानकारी दिए। 

ललितपुरका स्थानीय तहमा मात्रै होइन, देशैभरका स्थानीय तहको अवस्था यस्तै छ । हरेक स्थानीय निकायका कर्मचारीहरू भौतिक सुविधा बढाउनमा लागेका छन् । करिब एक वर्षअघि पदबहाली गरेकै दिन उपत्यकाका अधिकांश मेयरले लोकप्रिय बन्ने लोभमा कार्यान्वयन हुनै नसक्ने निर्णयहरू गरेका थिए । निर्वाचित भएको ११ महिनाको अन्तरालमा उनीहरूका धेरै प्रतिबद्धता ‘हावा गफ’मा सीमित छन् । प्रतिबद्धता पूरा गर्न नसकिरहेका मेयरहरूले उपत्यकाका सदावहार समस्यालाई उपेक्षा गर्दै उनीहरू आफूले लिने सेवा–सुविधा बढाउँदै लगेको देखिन्छ। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक करोड २० लाख रूपैयाँको गाडी चढ्छन् । उनले आफ्ना भौतिक सेवा–सुविधा पनि बढाउँदै लगेका छन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले कार्यालयकै पुरानो गाडी प्रयोग गर्दै आए पनि उनले नयाँ गाडी किन्ने तयारी गरेका छन्। 

प्रकाशित: १० वैशाख २०७५ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App