१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

टाेकियाेकाे एभरेस्ट स्कूलद्वारा भक्तपुरमा स्कूल निर्माण

टाेकियाे-  गत वर्ष गएको भूकम्पले क्षति पुगेको भक्तपुरको सूर्य विनायकस्थित महांकालेश्वर  प्राथमिक विद्यालयको पुनः निर्माण पछि बुधबार भवन उद्घाटन  गरिएको छ।

२६ लाख ९५ हजार ५ सय ५८ रुपैयाँमा बनेको पाँच कोठे पक्की भवन बुधबार आयोजित कार्यक्रमकाबीच  शिक्षा मन्त्रालयका सचिव डिल्लीराम रिमालले उद्घाटन गरेका हुन्। एभरेष्ट ईन्टरनेसनल स्कूल जापानका प्रधानाध्यापक प्रदिप थापाले भवन हस्तान्तरण गरे।

एभरेस्ट इन्टरनेसनल स्कुल, जापान निहोन लरिएलका विद्यार्थिहरुको सकृय सहभागीतामा सो रकम संकलन गरी उक्त भवन निर्माण गरिएको हो। बुल्ड अ फ्यूचर प्रोजेक्ट अन्तर्गत एभरेस्ट इन्टरनेसनल स्कुल, जापान निहोन लरिएलले  उक्त सामुदायी विद्यालयको भवन पुनःनिर्माण गरेको थियो।

कर्यक्रममा  निहोन लरियलकि उपाध्यक्ष माकी इमुरा, सुगिनामी कोकुसाइ कोउर्योक्योकाइका डाइरेक्टर कजुहिरो ताकाहासी र एभरेस्ट इटरनेसनल स्कुल, जापानका संचालक समितिका अध्यक्ष डाक्टर भुपालमान श्रेष्ठले शुभकामना सन्देश दिँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा विद्यायल ब्यबस्थापना समिति अध्यक्ष कृष्ण बहादुर खत्रीले सहयोग दाताहरुलाई धन्यवाद दिएका थिए।एभरेष्ट इन्टरनेसनल स्कुलका प्रधानाध्यापक प्रदिप थापाले एभरेस्ट इन्टरनेसल स्कुल तथा लरियल जापानको बारेमा प्रकास पार्दै नेपालको बिनाशकारी भुकम्प पस्चात एभरेस्ट इन्टरनेसनल स्कुलका विद्यार्थिहरुको सकृय सहभागीतामा गरिएको सहयोग रकम संकलन कार्य र त्यसमा जापानी नागरिकहरुले गरेका सहयोगका बिषयमा जानकारी दिएका थिए।

एभरेष्ट इन्टरनेसनल स्कुलले तत्कालै भूकम्पबाट अति प्रभावित जिल्ला गोरखा, दोलखा र सिन्धुपाल्चोकमा समेत एक एक वटा भवन निर्माण गर्ने लक्ष्य लिएको छ।

एभरेस्ट इन्टरनेशनल स्कूल जापानबासी नेपालीहरूद्वारा जापानको राजधानी टोकियोमा संचालित स्कूल हो।

प्रकाशित: ११ भाद्र २०७३ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App