७ वैशाख २०८१ शुक्रबार
कला

जापानमा साकुरा नाइट

काठमाडौं – अघिल्ला वर्षझैं यो वर्ष पनि जापानको साकुरा सहरमा ‘साकुरा नाइट’ हुने भएको छ। दुई संस्करण जापानमा भइसकेको यो कार्यक्रम यसपटक मेमा आयोजना हुँदैछ। जापानीको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै कार्यक्रम गरिने आयोजक सूर्य कर्पोरेसनले जनाएको छ।

कार्यक्रमलाई अघिल्ला शृंखलाभन्दा विशेष बनाउने तयारी भइरहेको कर्पोरेसनका ब्रान्ड एम्बेसडर नरेश भट्टराईले बताए। ‘अघिल्ला श्रृंखलाबाट हामीलाई यस पटक अझै परिपक्व बनाएको छ,’ उनले भने, ‘यसपटक जापानमा बस्ने नेपालीहरूको लागि गोल्डेन विक हामी विशेष बनाउने छौं।’

कार्यक्रममा गायक हेमन्त शर्मा, कमल खत्री, मिलन लामा, मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीको प्रस्तुति रहनेछ। कर्पोरेसनका निर्देशक बासुदेव लामिछानेले कार्यक्रमको मुनाफाबाट गरिब, विपन्न र असहायको संस्था मानव सेवा आश्रमलाई सहयोग गरिने बताए।

‘हामीले कार्यक्रमलाई मनोरञ्जनको रुपमा मात्र लिएका छैनौं,’ लामिछानेले भने, ‘हामीले सामाजिक दायित्व पनि निर्वाह गर्ने कोसिस गर्दैछौ।’ अघिल्लो वर्षको साकुरा नाइट २ मार्फत आश्रमलाई १ लाख ११ हजार १ सय ११ सहयोग गरिएको थियो। यसपटक कार्यक्रम मे ३ मा टोकियो, मे ४ मा नागोया र मे ५ मा ओशाकामा हुनेछ।

प्रकाशित: १० वैशाख २०७५ ०७:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App