coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

सुर्खेत- कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशिल बनाउँदै समाजबाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने उल्लेख छ।

नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको प्रमुख उद्योगको रुपमा पर्यटन रहेकाले कर्णालीलाई ‘पर्यटन हव’का रुपमा विकास गर्ने उल्लेख छ। यस्तै प्रदेशको भौतिक पूर्वाधार विकासका लागि पाँच वटा सडकलाई राष्ट्रिय गौरवको योजनाको रुपमा समावेश गर्न पहल गर्ने उल्लेख गरेको छ। कर्णाली कोरिडोर, भेरी कोरिडोर, सुर्खेत–दैलेख–नाग्म–गमगढी–नाक्चेलाग्ना सडक, दाङ–सुर्खेत–दिपायल सडक र तेलपानी–भूरिगाउँ सडकलाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्न पहल गर्ने उल्लेख गरेको छ।

नीति तथा कार्यक्रममा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्ने माथिल्लो कर्णाली, बेतन कर्णाली तथा नलसिंहगाड जलविद्युत आयोजनालाई पहिलो प्राथमिकतामा राख्दै यस्तै प्रकृतिका जलविद्युत आयोजनाहरुलाई संघीय सरकारसंग समन्वय गरेर प्रदेशमा लगानीमैत्री वातावरण बनाइने उल्लेख छ । प्रदेश सरकारले अव्यवस्थित र छरिएर रहेको बस्तीलाई एकीकृत गरेर ‘स्मार्ट सिटी’ का रुपमा विकास गर्ने भएको छ । नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालिन समाधानका लागि भेरी नदीको पानीलाई लिफ्ट प्रविधिमार्फत उपत्यकामा पुर्‍याइने उल्लेख छ। नीति तथा कार्यक्रममा गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गर्नका लागि पायक पर्ने र उपयुक्त बस्तीक्षेत्रका विद्यालयहरुलाई एकीकृत गरी आवासीय विद्यालय संचालन गर्ने उल्लेख छ।

नीति तथा कार्यक्रममा प्रदेशमा संचालित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकार मातहत संचालनका लागि कानुनी तथा संस्थागत प्रवन्ध सुरु गर्ने, सुर्खेतस्थित क्षेत्रीय अस्पताललाई मेडिलक कलेज तथा शिक्षण अस्पतालको रुपमा विकास गर्ने, अन्य नौ वटै जिल्लाका सदरमुकाममा ५० शैड्ढया अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने, प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रमा जनघनत्व हेरेर १५ देखि २५ शैड्ढयाको अस्पताल स्थापनाको प्रक्रिया अगाडी बढाइने उल्लेख छ।

 

प्रकाशित: १० वैशाख २०७५ १०:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App