coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूतले भेटिन माधव नेपाल, के भयाे कुराकानी ?

काठमाडौं- नेकपा (एमाले)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

नेता नेपालको निवास कोटेश्वरमा साेमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए। 

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए।

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौँसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताए।

प्रकाशित: १० वैशाख २०७५ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App