८ वैशाख २०८१ शनिबार
खेल

आइपीएलमा सन्दिपले पञ्जाबविरुद्ध खेल्ने सम्भावना कति ?

काठमाडौं– भारतमा जारी ११ औं संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्सले आज किंग्स इलेभन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान फिरोज शाह कोट्ला ग्राउण्डमा राति ८ः१५ बजे हुने खेललाई नेपाली दर्शकले समेत उत्सुकताका साथ हेरेका छन्। 

नेपालीहरुमा उत्सुकता बढ्नुको कारण हो दिल्लीमा नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दिप लामिछानेको आबद्धता। आइपीएलमा ५ खेल खेलिसकेको दिल्लीले सन्दिपलाई मैदानमा उतारेको छैन्। आज छैटौ खेलमा सन्दिपले खेल्ने सम्भावनालाई लिएर नेपाली दर्शक उत्सुक देखिएका हुन्।

दिल्लीले नेपाली दर्शकको कौतुहलतालाई अझै बढाइदिएको छ सन्दिप लामिछानेले खेल्न पाउने संकेत गरेर। खेल हुनुभन्दा ३ घण्टाअगाडि ट्वीटरमा सन्दिपसहित युवा खेलाडीको तस्बिर राख्दै दिल्लीले लेखेको छ– ‘टिनेजको अनगिन्ती प्रतिभा’। यो ट्वीटले सन्दिप आज टिममा पर्न सक्ने आशा जगाएको छ। यद्यपी सन्दिप टिममा परेको वा नपर्ने औपचारिक निर्णय केही समयपछि थाहा हुनेछ।

उसो त सन्दिप बेंग्लोरविरुद्धको ५ औं खेलमै टिममा पर्ने खबर आएको थियो। तर, अन्तिम समयमा कप्तानले टिममा फेरबदल गर्दा उनी परेनन्। त्यही दिन उनी सोमबारको पञ्जाबविरुद्धको खेलमा पर्ने खबर आएको थियो। यस हिसाबले पनि सन्दिप टिममा पर्नसक्ने अर्थात पञ्जाबविरूद्ध खेल्न पाउने सम्भावना देखिन्छ। यद्पी अब आजको खेलमा सन्दिपले खेल्न पाउँछन कि पाउँदैनन् त्यो केही समयदेखि थाहा हुनेछ।

 

Teenage, umpteen talent!

प्रकाशित: १० वैशाख २०७५ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App