१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हत्या गरेको १९ वर्षपछि अभियुक्त पक्राउ

नेपालगन्ज- कर्तब्य ज्यान मुद्दामा फरार भएका एक अभियुक्त १९ बर्षपछि पक्राउ परेका छन्। भारत, बहराईचस्थित कैलाशपुर गाउँ निवासी सावलीप्रसाद बर्माको हत्या गरेको अभियोगमा नेपालगन्ज उपमहानगरपालिका १५ पिप्रहवा निवासी ३९ बर्षिय मेराज अली वेहनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज–१६ बाट आइतबार उनलाई पक्राउ गरेको प्रहरी प्रमुख टेकबहादुर तामाङले जानकारी दिए।

  प्रहरीका अनुसार २०५५ असोज २८ गते साविक भवानीयापुर–२ हाल नेपालगन्ज–१४ बालेगाउँमा भएको उक्त घटनामा वेहनासहित ६ जनाले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । घटनापश्चात फरार भएका उनीहरुको खोजी गर्दै आएको प्रहरीले विशेष सूचनाको आधारमा वेहनालाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० वैशाख २०७५ १४:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App