६ वैशाख २०८१ बिहीबार
खेल

आइपीएल : घरेलु मैदानमै दिल्ली पञ्जावसँग ४ रनले हा-यो

काठमाडौं – इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली डेयरडेभिल्स किंग्स इलेभन पञ्जाबसँग ४ रनले पराजित भएको छ।

दिल्लीको फिरोज शाह कोटला मैदानमा भएको खेलमा टस हारेर व्याटिङ गरेको पन्जाबले दिल्ली सामु निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १ सय ४४ रनको लक्ष्य पछ्याएको दिल्ली ८ विकेट गुमाउँदै १ सय ३९ रनमा समेटिन पुग्यो।

पञ्जावका लागि करून नायरले सर्वाधिक ३४ रन बनाए। यस्तै डेभिड मिल्लरले २६, लोकेस राहुलले २३, मयंक अग्रवालले २१ र युवराज सिंहले १४ रनको योगदान दिए।

बलिङतर्फ पन्जाबका अंकित राजपुत, एन्ड्र्यू टाई र मुजिब उर रहमानले २–२ विकेट लिए।

दिल्लीका लागि श्रेयस अायरले सर्वाधिक ५७ रन बनाए। राहुल टेवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए। अन्यले दोहोरो अंक जोड्न सकेनन्।

बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए। अवेश खान र ट्रेन्ट बोल्टले २–२ विकेट लिए।

पन्जाबका  बलर अंकित राजपुत प्लेयर अफ दि म्याच भए। उनले २३ रनको योग्दान दिनुका साथै २ विकेट झारेका थिए।

दिल्लीमाथि जित निकाल्दै पन्जाब १० अंकसहित आईपिएल अंक तालिकाको शीर्ष स्थानमा छ भने यो हारपछि दिल्ली पुछारमा छ।

आइपीएल क्रिकेटमा आज (मंगलबार) राति मुम्बई इन्डियन्स र सनराईजर्स हैदरावादबीच प्रतिष्पर्धा हुने छ।

प्रकाशित: ११ वैशाख २०७५ ०१:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App