४ वैशाख २०८१ मंगलबार
कला

जापानीलार्इ वान्स माेर

चितवन - चितवनको इच्छाकामना गाउँपालिका चेपाङ गाउँमा ‘रेशम फिरीरि, रेशम फिरीरि उडेर, जाउँकी डाँडामा भञ्ज्याङ, रेशम फिरीरि’ गीत गुञ्जिएपछि चेपाङ समुदाय दिल खोलेर नाचे । चेपाङ बस्तिमा जापानका लोकप्रिय गायिका आओइ सानोले रेश फिरीरि गाएपछि सबैले उनलाई साथ दिए।

साँझ परिसकेपनि हिकारी सोङ गिफ्टको साँगीतिक माहोलले चेपाङ समुदायलाई घर टाढा भएको कुनै आभाष थिएन । कार्यक्रमका लागि ठूलो स्टेज र प्रविधिमैत्रि साउण्डसिस्टम नभएपनि चेपाङ बस्तिलाई संगीतमय बन्यो । जापानिज टोलिले वातावरणमैत्री ध्वनिप्रदुषण हुनबाट रोक्नका लागि उपयुक्त साउण्डसिस्टम जडान गरेको आयोजक साइनो नेपालका संयोजक युको सानोले बताइन।  

इच्छाकामना गाउँपालिका वडा ६ स्थित राष्ट्रिय आधारभूत विद्यालयको प्राङ्गनमा साइनो नेपाल र विद्यालय व्यवस्थापन समितिद्धारा आयोजित कार्यक्रममा १४ जना जापानिज टोलि पुगेका थिए । यस टिममा जापानका लोकप्रिय गायिकाद्धय आओइ सानो र युका खोइडेले विशेष प्रस्तुती गरे।

नेपाली गीत संगीतमा आधारभूत ज्ञान भएका सानोले जब रेशम फिरीरि गीत गाए । यहाँको माहोल राष्ट्रिय नेपाली कलाकारको प्रस्तुतीभन्दा कम थिएन । उनले नेपाली संगीतसँग मिल्ने चार वटा जापानीज गीतसमेत गाउँन भ्याए । उनले विश्व शान्तिका लागि ‘शान्ति’ गीत गाए । यस्तै पिछडिएका र दुर्गम गाउँका समुदायको उज्यालो भविष्यका लागि ‘सन लाइट’ नामक गीत गाएका थिए।

उनले अर्को प्रस्तुतीमा ‘पानको पात, माया तिमिलाई सम्झिन्छु, दिनको रात’ गीतमा दम्दार प्रस्तुती दिए । यो गीतमा उनले सबैभन्दा धेरै दर्शकको साथ पाएका थिए।यस्तै, अर्का जापानिज कलाकार युका खोइडेले ‘रम्न चाहान्छु तिम्रो अंगालोमा’ नेपाली गीत गाउँदा वान्समोर पाएका थिए।

यसअघि चेपाङ गाउँमा कहिले पनि साँगीतिक तथा साँस्कृतिक कार्यक्रम नभएको विद्यालयका प्रअ सन्तोष घिमिरेले बताए । चेपाङ बस्तिमा सामाजिक चेतना शैक्षिक सुधारका लागि हिकारी समूहले कार्यक्रम आयोजना गरेका थिए ।हिकारी समूहले उक्त विद्यालयका एक सय २० जना विद्यार्थीलाई शैक्षिक सामाग्री समेत वितरण गरेका छन्।

‘इच्छाकामना गाउँपालिकाको चेपाङ बस्तिमा एक सातादेखि छुटै चहल पहल थियो । विदेशिले साँगीतिक कार्यक्रम आयोजना गर्ने भनेपछि स्थानीय चेपाङ कलाकार मौलिक संस्कृति देखाउन जुटेको थियो,’ प्रअ घिमिरेले भने,‘यो कार्यक्रमका लागि गत वर्ष नै हिकारी समूहले गाउँको भ्रमण गरको थियो।’कार्यक्रममा चेपाङ जातिको साँस्कृतिक नृत्य र गीत समेत प्रस्तुत गरिएको थियो । हिकारी सोङ गिफ्टले दुर्गम तथा पिछडिएको जनतालाई साँगीतिक कार्यक्रमको साथै सोलार बत्ति समेत वितरण गर्दै आएको छ।

यसअघि हिकारी समूहले भूकम्प प्रभावित क्षेत्र भक्तपुरमा साँगीतिक कार्यक्रम गरी सोलार बत्ति वितरण गरेका थिए । यस्तै, काठमाडौंको त्रिपुरेश्वरको सुकुम्बासि बस्तिमा समेत कार्यक्रम गरेको हिकारी समूहका संयोजक सानोले नागरिकलाई जानकारी दिइन।
 

 

प्रकाशित: ११ वैशाख २०७५ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App