coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बेथितिविरुद्ध निरन्तर कलम चलाउने प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक

काठमाडौं – नेपाल रिपब्लिक मिडियाले मंगलबार आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । यस उपलक्ष्यमा आयोजित कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए।

उनले सबै सँगै मिलेर काम गर्दा प्रतिफल निकाल्न सकिने बताए । मुलुक संघीयतामा प्रवेश तयारीसँगै सात वर्षअघि सुरु गरिएका क्षेत्रीय प्रकाशन ‘पूर्वेली’ र ‘पश्चिमेली’ निरन्तर प्रकाशित हुँदै आएको उनले जानकारी दिए।

नेपाल रिपब्लिक मिडियाले गत वर्ष केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन भएर सरकार बनिसकेपछि सातै प्रदेशका पाठकलाई लक्षित गरी थप स्थानीयताको स्वादसहित क्षेत्रीय प्रकाशन पस्किन थालेको थियो । ‘२०६५ साल साउन २० गते नेपाल रिपब्लिक मिडिया विधिवत् रुपमा दर्ता भएको थियो,’ प्रबन्ध निर्देशक ज्ञवालीले भने, ‘त्यसपछिको हाम्रो यात्रा अनवरत चलिरह्यो ।’ उनले गत वर्षदेखि काठमाडौं र आसपास क्षेत्रका पाठकको रुचिलाई ध्यानमा राखी ‘काष्ठमण्डप’ को प्रकाशन स्थानीय संस्करणका रुपमा भइरहेको जानकारी दिँदै यो वर्ष प्रकाशनलाई थप परिस्कार गर्ने बताए।

सूचना प्रविधिमा संसारभर आएको लहरसँगै नेपाल रिपब्लिक मिडियाले डिजिटल माध्यमबाट अघि बढ्ने प्रण गरेको छ । यसबीच स्थापना भएका दुई रेडियो स्टेसनलाई पनि सूचना र जानकारीको माध्यमका रुपमा श्रोताबीच प्रस्तुत गरिसकेको छ । मिडिया हाउसले यो वर्ष डिजिटल माध्यमलाई थप सक्रियताका साथ समाचार र विचारका निम्ति उपयोग गर्दै अघि बढ्ने जानकारी दिएको छ।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्थापना कालदेखि नै रिपब्लिक मिडियाले आफ्नो जिम्मेवारीभित्र रहेर जनताका अपेक्षा र आशा पूरा गर्दै अघि बढेको बताइन् । उनले लोकतन्त्रको दियो बाल्दै उदाएको नागरिक दैनिकले समाज परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको बताइन् । पत्रिका स्थापनाकालको स्मरण गर्दै उनले भनिन्, ‘पत्रिकाको सुरुका अंक निकाल्दाको समय धेरै नै कष्ट सहेका थियौं, त्यति बेला १० जनाको टिमले पत्रिका हाँक्न ठूलो चुनौती थियो । त्यही चुनौतीको सामना गर्दै नेपाल रिपब्लिक मिडिया आज यहाँसम्म आएको छ।

’ उनले कागज र मसीको प्रयोगले रिपब्लिक मिडियाले दूरदराजका जनताका पीर र व्यथा समेट्न सकेको बताइन् । ‘हामी सबैको प्रयासले रिपब्लिक मिडियालाई यहाँसम्म ल्याउन भूमिका खेलेको हो,’ उनले थपिन्, ‘त्यही अथक प्रयासले हामी अन्य प्रोडक्ट पनि थप्न सफल भएका छौं । आगामी दिनमा यसलाई झन् प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी छ ।’ उनले कर्मचारीको साथ सहयोगले नै शुक्रबार, परिवार, काष्ठमण्डप, पश्चिमेली, पूर्वेलीलगायत सातै प्रदेशबाट दैनिक संस्करण निकाल्न सफल भएको जानकारी दिइन्।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले स्थापना कालदेखि नै नागरिक दैनिकले बढी खोजमूलक र मिसन पत्रकारिता गर्दै आएको बताए । उनले मिडिया हाउसलाई आजको दिनसम्म ल्याउन हिजोको दिनले मुख्य भूमिका खेलेको भन्दै आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘मिडियाको काम वाचडग र कुनै विषयलाई उठाएर त्यसको दिशा निर्देश गर्ने हो,’ उनले भने, ‘हामी पनि बितेका ९ वर्षमा विभिन्न बेथितिको विरुद्ध लागिप¥यौं, यसलाई निरन्तरता दिनुपर्छ।

’ उनले दस वर्षअघिको पत्रकारिताको तुलनामा धेरै विकसित भइसकेको हालको पत्रकारिता प्रविधिसँग जोडिएको बताए । ‘प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ,’ उनले थपे, ‘समयको मागअनुसार दूरदर्शी र परिपक्व भएर मिडिया अघि बढ्नुपर्छ ।’ उनले अहिलेको अक्षर पत्रकारितालाई तथ्यांकीय पत्रकारिताले बिस्तारै प्रतिस्थापन गर्दै जाने बताए।

रिपब्लिका दैनिकका प्रधान सम्पादक सुवास घिमिरेले पछिल्लो समय रिपब्लिक मिडियाले राज्यस्तरमा प्रभाव पार्ने विषयमा कलम चलाउँदै आएको बताए । उनले रिपब्लिक मिडियाले उठाएका प्रायः विषयले यथार्थ साबित भएको जानकारी दिए । ‘पछिल्लो दशकमा यस मिडियाभित्र सञ्चालित पत्रिकाले २ सयभन्दा बढी विषयमा खोजी पत्रकारिता गरेका छन्,’ उनले भने, ‘समाजले विश्वास गर्ने र राज्यलाई परिवर्तन गर्ने विषयमा यस मिडियाले निरन्तर कलम चलाउँदै आएको छ।

’ उनले २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएयता मुलुक आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने आशा र अपेक्षा सर्वसाधारण र राजनीतिकर्मी दुवैमा देखिएको बताउँदै उपलब्धिलाई चित्रण गर्नेगरी रिपब्लिक मिडियाले आफ्नो भूमिका निर्वाह गर्दै आएको जानकारी दिए।

वार्षिकोत्सवका अवसरमा रिपब्लिक मिडियाभित्र विभिन्न विभागमा काम गर्ने नागरिककर्मीलाई सम्मानित गरिएको थियो । नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेल, मिडियाका इलेक्ट्रिसियन माधव चापागाईं, वितरणमा कार्यरत रमेश खड्का, परिवार र शुक्रबारका डिजाइनर सुनिल खड्गी र नेपालगन्ज ब्युरोमा कार्यरत प्रेस अपरेटर श्रीपाल प्रजापति सम्मानित भए । उनीहरुलाई प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली र निर्देशक शोभा ज्ञवालीले सम्मान गरेका थिए । कार्यक्रममा संस्थाको नयाँ लोगो पनि सार्वजनिक गरिएको थियो ।


 

नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
नेपाल रिपब्लिक मिडियाको १०औं वार्षिकोत्सवका अवसरमा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेललाई केक खुवाउँदै । तस्बिर : नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App