१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकास, सुशासन र जनमुखी कार्यक्रममा प्रदेश प्रमुखको जोड

प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश सभा बैठकको प्रथम अधिबेशनमा मंगलबार पहिलो सम्बोधन गर्दै । तस्बिरः अशोकसुजन / नागरिक

मकवानपुर – प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रदेश सरकारले तिब्र रुपमा विकास निर्माण, सुशासन प्रबर्द्धन र जनमुखी कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छिन्।

प्रदेश सभा बैठकमा मंगलबार पहिलो सम्बोधन गर्दै उनले प्रदेश भित्रको सडक, यातायात, संचार, विद्युत, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण तथा गुणस्तरीय र सर्वशुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, उद्योग र ब्यापारको समुचित विकास प्राप्त गर्न जनता तीव्र अपेक्षामा रहेको भन्दै सरकार जिम्मेवार हुनुपर्ने बताईन्।

‘प्रदेशलाई महत्वपूर्ण सुरुङमार्ग मार्फत् छोटो दूरीको पहुँच र एक जिल्ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरुको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका वस्तीहरुको स्थानान्तरण गर्नुपर्दछ,’ उनले भनिन् ‘बैज्ञानिक भ–उपयोग निति लागु गरी भूमिको ब्यवस्थापन गर्ने जस्ता कार्यक्रम मार्फत् अगाडी बढ्न प्रदेश सरकारले लिएको तत्परता र दृढ संकल्पले आम प्रदेशवासीमा पनि उत्साहको संचार जगाउने अपेक्षा गरेको छु।’

‘जात, क्षेत्र, धर्म, सम्प्रदायको आधारमा वितृष्णा फैलाई सामाजिक सहिष्णुता र सद्भाव खल्बल्याउने प्रवृतिलाई रोक्न सफल भएको जिकिर गर्दै देश बन्छ र हामी बनाउन सक्छौं भन्ने आत्मविश्वासमा वृद्धि भएको तथा उक्त राष्ट्रिय चिन्तनलाई अब प्रदेशको पनि मुख्य आधार बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ।

 प्रदेशका आवश्यक कानूनहरु समयमै निर्माण गरि प्रदेश सरकारको संगठनात्मक तथा जनशक्ति ब्यवस्थापन एवम् विधि, पद्धति र प्रकृयालाई ब्यवस्थित गर्दै प्रदेशको आवधिक योजना र विस्तृत परियोजना प्रतिवेदन तथा भू–उपयोग नीति जस्ता कार्यलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाई छ।

प्रदेश प्रमुख कोईरालाको सम्बोधनपछि एक घण्टाको लागि स्थगित भएर बसेको प्रदेश सभाको अर्को बैठकमा प्रदेश साँसदको मर्यादाक्रम मिलाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषदलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले पठाएको पत्र सभामुखले पढेर सुनाएका थिए । त्यसपछि मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रमुख कोईरालाको प्रथम अधिबेशनमा गरेको सम्बोधन प्रति टेबल गरेका थिए।प्रदेशसभाको अर्को बैठक वैशाख १३ गते बस्ने सूचना जारी गर्दै मंगलबारको बैठक सभामुख सानुकुमार श्रेष्ठले स्थगित गरेका छन्।


 

 

प्रकाशित: १२ वैशाख २०७५ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App