coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुई बालिकाले पाए अभिभावकत्व

बालिकाको अभिभावकत्व प्रदान गर्दै जिसस प्रमुख बबी चाम्लिङ (बायाँ) र प्रजिअ एकदेव अधिकारी (दायाँ) । तस्बिर : दमन राई/ नागरिक

खोटाङ – खोटाङ लफ्याङका दुई बालिकाले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति प्रमुखको अभिभावकत्व पाएका छन्।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङको बाँसबोटेस्थित श्री माविमा कक्षा ५ मा अध्ययनरत शिलिमिका राई र कक्षा ८ मा अध्ययनरत अनुसा श्रेष्ठले उच्च शिक्षासम्मको अध्ययनका लागि अभिभावकत्व पाएका हुन्।

गतवर्ष बाबु गुमाएकी शिलिमिकाको अभिभावकत्व जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ तथा आमा–बाबुविहीन अनुसाको अभिभावकत्व प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले लिएका हुन्।श्री माविकोे प्रांगणमा मंगलबार भएको कार्यक्रममा प्रजिअ अधिकारी र जिसस प्रमुख चाम्लिङले दुई बालिकालाई पोसाक, जुत्ता, पुस्तक, कापीलगायत शैक्षिक प्रदान गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्।

उच्च शिक्षासम्मै खर्च बेहोर्ने गरी अधिकारी र चाम्लिङले दुई छात्राको अभिभावकत्व ग्रहण गरेका हुन् । पारिवारिक अवस्था नाजुक भए पनि दुवै बालिकाको पढाई राम्रो रहेको शिक्षक रविन सुनुवारले बताए।यसअघि प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बाबु विदेशमा भएको र आमाले दोश्रो विवाह गरेपछि अभिभावकविहीन बनेकी खोटेहाङ गाउँपालिका–७ खोटाङबजारकी ७ वर्षीया वर्षा तामाङको अभिभावकत्व ग्रहण गरेका थिए।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष विकास राईले पनि एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका छन् ।‘शिक्षाबाट कोही वञ्चित नहुन्’ भन्ने लक्ष्यका साथ जिल्लामा वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको छ।

 

प्रकाशित: १२ वैशाख २०७५ ००:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App