८ वैशाख २०८१ शनिबार
कला

विशेष सोमा रुचाइयो ‘भोर’को वाहवाही

काठमाडौं– आगामी वैशाख २१ बाट प्रदर्शन हुन लागेको फिल्म ‘भोर’ले राजनीतिज्ञ तथा मानवअधिकारकर्मीको उपस्थितिमा मंगलबार राजधानीमा विशेष शो गरेको छ । फिल्म हेर्ने अधिकांले फिल्मको कथाबस्तु मन पराए।

फिल्म हेर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री राजेन्द्र महतो, राजकिशोर यादव, लिलामणि पोखरेल, एमाले नेतृ विन्दा पाण्डे, पूर्व मन्त्री हिसिला यमीसँगै सय बढी मानवअधिकारकर्मी, विद्यार्थी नेता फिल्म हेर्न उपस्थित थिए।

तराईमा बढ्दो दाइजो प्रथाविरुद्ध आवाज उठाएको फिल्म ‘भोर’ हेरेपछि पूर्व प्रधानमन्त्री नेपालले फिल्मले सामाजिक विकृतिलाई उदांगो पारेको बताए । ‘फिल्मले समाजमा कलंकको रुपमा रहेको दाइजो प्रथा तथा महिलाप्रतिको विभेदलाई फिल्मले चित्रण गरेको पाएँ । यो फिल्मलाई निर्माण पक्षले गाउँतहमा पनि पु¥याउन जरुरी छ ।’ उनले भने।रौतहट पुख्र्यौली घर रहेका नेता नेपालले दाइजो गतिविधिलाई निर्मुल पार्न घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएँ।

मधेशी नेता महतोले केहि हदसम्म दाइजो प्रथा हटेपनि हालसम्म पनि विद्यमान दाइजो प्रथाविरुद्ध जनचेतना जगाउन यो फिल्मले धेरै मद्धत गर्ने दाबी गरे । महिला नेतृ हिसिलाले राज्यकै असक्षमताका कारण महिला समाजबाट अपहेलित हुनुपरेको र यो प्रकारको कथालाई पर्दामा ल्याएकोमा निर्माण टिमलाई बधाई दिइन्।

फिल्म हेरेपछि नेताहरुले प्रमुख कलाकार डली सरकार, रामनारायण ठाकुर, पूजा कर्णको अभिनयको तारिफ गरे । फिल्मका निर्देशक यादव भट्टराईले दाइजोलाई महिला हिंसा भन्दा पनि मानव हिंसाको रुपमा लिनुपर्ने फिल्म टिमको अभियानलाई पनि धेरैले स्वागत गरेको जनाए।

राज तिमिल्सिना र राम गोपाल थापाले निर्माण गरेको फिल्ममा देवेन्द्रप्रसाद सुवेदी कार्यकारी निर्माता छन् । उज्जल ढकालले सम्पादन गरेको फिल्ममा रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका फिल्ममा मुख्य अभिनयमा छन् । फिल्मको सम्पूर्ण छायांकन जनकपुरमा गरिएको हो ।
 

प्रकाशित: १२ वैशाख २०७५ ०२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App