७ वैशाख २०८१ शुक्रबार
राजनीति

बिदा कटौतीको विरुद्ध मुस्लिम संघले आन्दोलन गर्ने

काठमाडौं – नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपाले सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायका धर्म, संस्कृतिसंग जोडिएका चाडपर्वको बिदा कटौती गरेको विरोधमा आन्दोलन गर्ने तयारी गरेको छ।  

संघको दोस्रो महाधिवेशन यहि बैशाख १५ गते काठमाडौंमा हुँदैछ। महाधिवेशन पछि संघले आन्दोलन गर्ने तयारी गरेको हो। पार्टी कार्यालय सानेपामा हुने महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन्। महाधिवेशनका लागि प्रतिनिधिहरु काठमाडौंमा आउने क्रम शुरु भएको छ। उनीहरुबीच नेतृत्व चयनका बिषयमा पनि छलफल शुरु भएको छ। 

महाधिवेशनमा ४३ जिल्लाका ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ। महाधिवेशनले आगामी दुई वर्षका लागि संघको नेतृत्व चयन गर्नेछ । 

प्रकाशित: १२ वैशाख २०७५ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App