७ वैशाख २०८१ शुक्रबार
समाज

तीनवटा सुरक्षा निकायका प्रमुखद्वारा गढीमाईको पुजापाठ

मंगलबार बेलुवा गढीमाई दर्शन गर्न पुगेको तीनवटा सुरक्षा निकायका प्रमुखहरू।

बारा – बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढिमाई मन्दिरको  तीनवटा सुरक्षा निकायका प्रमुखहरूले एकै पटक मंगलबार बेलुवा पुजापाठ गरेका छन्।

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धनका महानिरीक्षक दिलिपराज रेग्मीले एकै पटक गढीमाई मन्दिरको पुजापाठ गरेका मन्दिरका पुजारी मन्गल चौधरीले बताएका छन्।

दुई हप्ता पहिला मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक पदमा दुवै खनाल बहाली भएका  थिए। गढीमाईको पुजापाठ गरेपछि नेपाल प्रहरीका महानिरीक्षक खनालले नेपाल प्रहरी सेवामा प्रवेश गरे पछि पहिलो पोष्टीङ्ग बारामा नै भएकोले पहिला देखि नै गढीमाईको दर्शन गर्दै आएको बताए। 

२ नम्बर प्रदेशको सुरक्षा गोष्ठीमा भाग लिन तीन वटै सुरक्षा निकायका प्रमुखहरू बारा आएको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए। सिमरामा रहेको होटेल इच्छामा आयोजना गरीने सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापाको समेत सहभागिता रहने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

गढीमाइमा दर्शन गरे पुगेका सुरक्षा निकायका प्रमुखहरूलाई कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका उपप्रमुख तारा देवी, पूर्व संविधान सभा सदस्य शिवचन्द्र कुश्वाहा लगायतले जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए।

प्रकाशित: १२ वैशाख २०७५ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App