coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिबाट हनुमान ढोका दरबार क्षेत्रको अवलोकन (फाेटाे फिचर)

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमान ढोका दरबार क्षेत्र वरपर हुँदैआएका ऐतिहासिक सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको अवलोकन गरेकी छिन्।

गोरखाको बारपाक केन्द्रबिन्दु भई विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट काष्ठमण्डप, हनुमान ढोका दरबारसहित त्यस क्षेत्रका ऐतिहासिक सम्पदामा ठूलो क्षति पुगेको थियो। 

राष्ट्रपति भण्डारीले बसन्तपुर गद्दी बैठक, काष्ठमण्डप, हनुमान ढोका दरबार परिसरका सम्पदाको पुनःनिर्माणसम्बन्धी गतिविधिको चासोपूर्वक जानकारी लिएकी थिइन्। 

अवलोकनपछि राष्ट्रपति भण्डारीले नेपाली संस्कृति र परम्पराअनुसारका ऐतिहासिक सम्पदाको पुनःनिर्माणमा आफ्नो मौलिकतालाई कायमै राखेर अघि बढ्न निर्देशन दिइन्। 

पुनःनिर्माणको काम ढिलै भए पनि अघि बढेकाले अब यसलाई निरन्तरता दिन राष्ट्रपतिबाट निर्देशन भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए।

भूकम्पबाट क्षति भएकामध्ये नौ तल्ले दरबार चीन र गद्दी बैठक अमेरिकाको सहयोगमा निर्माण हुँदैछ भने स्वदेशी लगानीमा काष्ठमण्डप बनाइने छ। रासस

तस्बिर ः दिपेन्द्र राेक्का

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App