coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा निर्वाचनको बाटो खुल्यो, अन्तरिम आदेश खारेज

काठमाडौं– पाटन उच्च बुधबार निर्वाचन नगराउनु भनि यसअघि दिएको अन्तरिम आदेश खारेज गरेसँगै अखिल नेपाल फुटबल संघ(एन्फा) निर्वाचनको बाटो खुलेको छ। यससँगै निर्वाचन कमिटीले प्रस्ताव गरेको मिति वैशाख २२ मै निर्वाचन हुने निश्चित भएको छ।

यसअघि निर्वाचन कमिटीले ९ गते अन्तरिम आदेश खारेज भएमा वैशाख २२ मा निर्वाचन गर्न सक्ने बताएको थियो।

मुख्य न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र न्यायाधीश विष्णुप्रसाद कोइरालाको संयुक्त इजलाशले बुधबार एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अन्तरिम आदेश खारेज गरिपाउ भन्दै दिएको रिटमा सुुनुवाई गर्दै यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको हो।
‘यस अदालतबाट मिति २०७४/१२/८ मा अन्तरिम आदेश जारी हँदाको अवस्था परिवर्तन हुन गई तत्कालिन रिट निवेदकहरु क्रमशः गौतम सुजखु मनिष श्रेष्ठ समावेश भएको भत्तपुर जिल्ला फुटबल संघ एवमं मकबानपुर जिल्ला फुटबल संघका मताधिकार प्रतिनिधीहरुको निर्वाचन सम्पन्न भैसकेको भन्ने व्यहोरा वहसका क्रममा पेश गुर्न भएको अवस्थामा सुरुका सिट निवेदकले उठाएका अन्य विषयहरुको सम्बन्धमा निवदेनको अन्तिम सुनुवाई हुँदाको बखत सम्बोधन हुने नै हुँदा हालको परिवर्तित अवस्थामा उत्त मितिको यसअघिको अन्तरिम आदेशले निरन्तरता पाउनु पर्ने अवस्थाको विद्यमानता नदेखिदा उक्त मिति २०७४/१२/८ को यस अदालतको अन्तरिम आदेश निष्कृय गरिदिएको छ। प्रस्तुत आदेशको जनकारी विपक्षीहरुलाई दिनु’ अदालतको आदेशमा भनिएको छ।

यसअघि पाटन अदालते चैत ८ गते भक्तपुर जिल्ला फुटबल संघको अपिलका आधारमा न्यायाधीश राजकुमार बनको एकल इजलासले चैत १४ मा हुने भनिएको १३ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिँदै १५ दिनभित्र दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो। भक्तपुरसँगै मकवानपुर जिल्ला फुटबल संघले पनि आफूलाई सहभागी नगराई साधारणसभा गर्न लागेको भन्दै उजुरी दिएको थियो। 

भक्तपुरमा चुनाव नभएको तथा मकवानपुरको चुनाव निर्वाचन निर्देशिकाअनुसार नभएको भन्दै एन्फाले दुई जिल्लालाई समावेश नगरी मतदाता सूची सार्वजनिक गरेको थियो। 

‘पाटन अदालतले यसअघि एन्फाको १३ औं साधरणसभा तथा कार्यसमिति निर्वाचन नगराउनु भनि दिएको अन्तरिम आदेश खारेज गरेको पत्र हामीलाई आज प्राप्त भएको छ,’ एन्फा प्रवक्ता मिश्रले भने, ‘यससँगै वैशाख २२ मा एन्फा निर्वाचन गर्ने बाटो खुलेको छ। हामीलाई यसअघि निर्वाचन कमिटीले अन्तरिम आदेश खारेज भएमा वैशाख २२ मा निर्वाचन गर्न सक्ने बताएको थियो। त्यसैले हामीले उनीहरुलाई सोही मितिमा निर्वाचन हुने भएकाले सम्बन्धित क्लब र सदस्यलाई जानकारी गराउन पत्राचार गरिसकेका छौं। हामी बिहीबार निर्वाचन कमिटीलाई कसरी निर्वाचन गर्ने भन्नेबारे अर्को पत्राचार गर्नेछौ।’

एन्फा अध्यक्षका लागि मणी कुँवर र कर्मा छिरिङ शेर्पा चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: १२ वैशाख २०७५ १४:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App