५ वैशाख २०८१ बुधबार
कला

सरुको ‘कुन गीत गाऊ’ (भिडियाे)

काठमाडौं- गायिका सरु गौतमको नयाँ सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ। ‘कुन गीत गाऊ’ बोलको गीत सार्वजनिक भएको हो।

तारा पराजुलीले लेखेको गीतमा भिम विसीले संगीत भरेका छन्। म्यूजिक एरेन्ज महाराज थापाको छ। गीतको भिडियोमा अभिनेत्री सञ्चिता लुईटेल र मोडल नयन डिसी फिचरिङ छन्। भिडियो निर्देशन पनि नयनकै छ।

उत्सव दाहालले खिचेको भिडियोलाई माधव बेल्वासेले सम्पादन गरेका छन्। ‘मेरा अरु गीतभन्दा यो फरक छ, आशा छ दर्शकले रुचाइदिनुहुनेछ,’ सरुले भनिन्। भिडियोको निर्माण कुमार कटुवालले गरेका हुन्। सरुको तीन महिना अघि रिलिज भएको ‘काग दाज्यै काग दाज्यै’ गीत दर्शकले रुचाएका छन्।

 

प्रकाशित: १२ वैशाख २०७५ १५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App