८ वैशाख २०८१ शनिबार
खेल

दिल्लीका कप्तान गौतम गम्भीरले राजीनामा दिए

नयाँदिल्ली– यस वर्षको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट चलिरहँदा दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गम्भीरले पदबाट राजीनामा दिएका छन्। आइपीएलमा टिमको खराब प्रदर्शनका कारण उनले पदबाट राजीनामा दिएका हुन्। गौतमले राजीनामा दिएसँगै दिल्लीको कप्तानी श्रेयस अय्यरले सम्हालेका छन्।

कप्तानबाट राजीनामा दिएपछि गौतमले आफूले टिमका लागि आवश्यक योगदान दिन नसकेको बताए। ‘मैले एक नेतृत्व हुनुका कारण खराब प्रदर्शनको जिम्मेवारी लिनुपर्ने थियो। मलाई लाग्छ कि कप्तानी छोड्ने यो सही समय हो’, उनले सम्वाददातासँग भनेका छन्।  

यस सिजनको आइपीएलमा दिल्लीको प्रदर्शन सुरुवातदेखि नै खराब रहँदै आएको छ। अहिलेसम्म ६ खेल खेलेको दिल्लीले १ मात्र जित हासिल गरेको छ। दिल्लीका अलावा मुम्बई इण्डियन्सले पनि अहिलेसम्म एक मात्र जित हासिल गरेको छ।

प्रकाशित: १२ वैशाख २०७५ १६:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App