७ वैशाख २०८१ शुक्रबार
अर्थ

राष्ट्रिय आविष्कार केन्द्रमा बृज सिमेन्टको प्रयोग हुने

काठमाडौं– महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र बृज सिमेन्टबीच सहकार्य सम्झौता भएको छ । रामोन म्यागासेसे पुरस्कार विजेता पुनको पहलमा स्थापित आविष्कार केन्द्र, पुष्पतारा केडिया सेवा संस्था र बृज सिमेन्ट प्रालिबीच त्रिपक्षीय सम्झौता भएको हो।

सम्झौता अनुसार सेवा संस्था तथा बृज सिमेन्टले पुनको पहलमा निर्माणाधीन मेकर स्पेस निर्माणका लागि आवश्यक सिमेन्ट उपलब्ध गराउने छ ।कम्पनीका प्रबन्ध निर्देशक मनोज केडियाले नेपालमा अन्य उद्योगले समेत पुनलाई सहयोग गर्नुपर्नेमा जोड दिए । पुन बृजका ब्रान्ड एम्बेसडर पनि हुन्।

प्रकाशित: १३ वैशाख २०७५ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App