६ वैशाख २०८१ बिहीबार
राजनीति

सार्वजनिक महत्वका बिषयमा सरकारको ध्यानाकर्षण

वुटवल – प्रदेश ५ का सांसदहले प्रदेश सभाको वुधवारको बैठकमा आ आफना क्षेत्रका जनसरोकारका बिषयमा सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा बोल्दै सभासदहरुले सार्वजनिक महत्वका विषयमासरकारको ध्यानाकर्षण गराएका हुन्।

सभासदहरुले स्थानीय निकायले चर्को रुपमाा करको दर बढाउदा जनता मर्कामा परेको, सरकारी स्वाथ्य संस्थामा भएको औषधी अभाव, सरकारी डाक्टरहरु नीजिमा व्यस्त हुँदा सरकारी स्वास्थ्य सेवा गुणस्तरहीन भएको, उन्नत बिउबिजन र मलखातको सहज आपुर्ती नहुँदा किसान मर्कामा परेको, सिद्धबाबाको पहिरो लगायतका समस्या उठान गर्दै जनतासंग प्रत्यक्ष जोडीएका बिषयमा सरकारको ध्यान जानु पर्नेमा जोड दिए। बैठकको सुन्य समयमा बोल्दै सभासद रमा अर्याललेमालपोत कर बृद्धि भएको र सम्पत्ति कर चर्कोरुपमा बढाइदा जनतामा निरासा थपिएको भन्दै जनतालाई राहत दिने काम गर्न सरकारसंग माग गरीन्।

रुपन्देहीका विभिन्न स्थानमा छाडा चौपाया तथा निलगाइले कृषि उत्पादनमा नोक्सानी गरेकोले नियन्त्रणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन्।

सभासद सरस्वती गौतमले सरकारी अस्पताल र स्वास्थ्य चौकीहरुमा औषधी अभाव हुँदा सर्वसाधारण मर्कामा परेको बताइन्। सरकारी अस्पतालका डाक्टरहरु  नीजि क्लिनिकमा व्यस्त हुँदा सरकारी स्वाथ्य सेवा गुणस्तरहीन भएको भन्दै उनले  सरकारको ध्यानाकर्षण गराइन्। सभासद भोजप्रसाद श्रेष्ठले प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा जोड दिए। बजेट कार्यान्वयनकालागि आवश्यक नीति नियम छिटो बनाउन र जनतामा विकास पुरयाउन माग गरे।

सभासद विष्णु पन्थीले कपिलवस्तु खुला संग्रहालयका रुपमा परिणत भएको भन्दै त्यसको संरक्षण र सम्बद्र्धनमा सरकारको ध्यानाकर्षण गराए। पन्थीले प्राचीन कपिलवस्तुमा पर्यटन प्रवद्र्धनका योजना वनाएर पुर्वाधार निमार्ण र संरक्षणमा लाग्न सारकारलाइ आग्रह गरे। सभासद तुलसीप्रसाद चौधरीले खेतीपातीको बाली लगाउने बेला नजिकीएको भन्दै समयमै मलखादको व्यवस्थामा ध्यान दिन सरकारलाइ आग्रह गरे।

सभासद पुष्पा थारुले वर्षौंदेखि काम गर्दै आएका महिला स्वास्थ्यकर्मीहरुको तलव सुविधा बढाउने विषयमा सरकारको ध्यानाकर्षण गराइन्। अर्का सभासद तुलाराम घर्ती मगरले वुटवल पाल्पा सडकको सिद्धवावा क्षेत्र मृत्यु मार्गको रुपमा परिणत भएको भन्दै बार्षा सुरु नहुँदै पहिरो नियन्त्रणमा सरकारको ध्यान जानु पर्ने बताए। सिद्धवावा क्षेत्रमाा सुरुङ मार्ग  वनाएर भएपनि सडकलाई सुरक्षित वनाउन सरकार संग माग गरे। सभासद धर्मवहादुरलाल श्रीवास्तवलेधान बालीकालागि उन्नत बिउबिजन र मलखादको सहज आप’र्तीतर्फ पनी ध्यान दिन प्रदेश सरकारलाइ आग्रह गरे।

सांसदवावुराम गौतमले सभासदको गरिमा कायम हुने गरी पहिचान खुल्ने परिचयपत्र र लोगोको व्यवस्था गर्न माग गरे। केही दिनअघि नेपालगञ्जमा  आफू चढेको जीप प्रहरीले नियन्त्रणमा लिएको र दुव्र्यवहार गरेको भन्दै दुव्र्यवहार गर्ने प्रहरीमाथि तत्काल कारवाहीको माग पनि गरे। सांसद कृष्ण न्यौपानेले सुकुम्वासी समस्या समाधान गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्दै जोतभोगको आधारमा लालपुर्जा दिने व्यवस्था मिलाउन माग गरे। सांसद रामजीप्रसाद घिमिरेले अर्घाखाँचीको सितगंगा नगरपालिकालामीदमारमा आगलागी हुँदा १० घर जलेर नष्ट भएकोले तत्काल राहतको व्यवस्था गर्न माग गरे। सभासद फकरुदीन खानले लुम्विनी सांस्कृतिक नगरपालिकाको केही गाउँमा स्याहार्ने बेलाको गहुँ  खेतमा आगलागी हुँदा गहुँ जलेर नष्ट भएको भन्दै किसानलाई राहतको माग गरे। सभासद सुष्मा यादवले कपिलवस्तुमा बलात्कार, हत्या र अपराधका घटना बढेकोले सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाइ कारबाहीको माग गरीन्।

सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पारित
बुधवारको वैठकलेसार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धित विधेयक पारितपनि गरेको छ। बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको प्रदेश सभा नियमावली २०७४ को नियम १०७ वमोजिम प्रदेश नं. ५ का सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो। विधेयकमाथिको दफावार छलफल सकिएपछि बिधेयक पारीत भयो। संसदमाप्रदेश सभा नियमावली २०७४ को उपनियम १०६ वमोजिम प्रदेश नं. ५ अन्तर्गतका गाउँ सभा र नगर सभाको कानुन निर्माण प्रकृयाका सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकपेश भएको छ। कानुन मन्त्री केसीले बिधेयक पेस गरेका हुन्। संसदको अर्को वैठक वैशाख २१ गते वस्ने सभामुख पूर्णवहादुर घर्तीले बताए।

प्रकाशित: १३ वैशाख २०७५ ०१:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App