८ वैशाख २०८१ शनिबार
अर्थ

एटिएम मेसिन नचल्दा सेवाग्राही मारमा

सर्लाही– जिल्लास्थित वाणिज्य बैंकका एटिएम मेसिन अधिकांश समय नचल्दा सेवाग्राही मारमा पर्ने गरेका छन्।

एनआइसी एसिया, मेगा, नेपाल इन्भेस्टमेन्ट, सानिमा, इन्टरनेसनल डेभपलपमेन्ट लगायत दुई दर्जन बैंकको एटिएम मेसिन अधिकांश समय नचल्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । सदरमुकाम मलंगवा, हरिवन, लालबन्दीलगायत बजारमा रहेका एटिएम मेसिन अधिकांश समय बन्द हुने रहने सेवाग्राहीको भनाइ छ।

हरिवनका प्रकाश पौडेलले बैंकका एटिएम अधिकांश समय बन्द हुँदा सेवाग्राही मारमा परेको गुनासो गरे । ‘बिदाको दिनमा समेत खातामा रहेको रकम एटिएम मेसिनमार्फत झिक्न पाइने आश्वासन दिएर खाता खोल्न लगाए,’ पौडेलको गुनासो थियो, ‘तर प्रायः वाणिज्य बैंकको एटिम अधिकांश समय सटर लगाएर राखिएको हुन्छ, खुला भए पनि पैसा नै निस्किँदैन।’

हरिवनस्थित एनआइसी एसिया बैंकको एटिएममा तीन दिनदेखि आफूले पैसा झिक्न खोज्दा नसकेको उनले गुनासो गरे । ‘पैसा झिक्न कार्ड हाल्यो, कि त सरी भन्छ नत्र पैसा हैन बिलमात्र निस्कन्छ,’ उनले भने, ‘बैंकमा कम्प्लेन गर्दा सर्भर डिस्टर्ब लगायत अनेक बहाना बनाउने गरेका छन्।’

अपर्झट पैसा चाहिएर एटिएमबाट निकाल्न जाँदा रित्तै फर्किनु पर्दा साह्रै समस्या पर्ने गरेको सेवाग्राहीको गुनासो छ । सम्बन्धित बैंकले भने रकम सकिएको वा प्राविधिक गडबडी भएका बेलाबाहेक अधिकांश समय एटिएम खुलै रहने गरेको दाबी गरेका छन्।
 

प्रकाशित: १३ वैशाख २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App