coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सर्वनाममा ‘परिवन्द’

काठमाडौं–  राजधानीको कालिकास्थानमा रहेको सर्वनाम नाटकघरमा हाल नाटक ‘परिवन्द’ धमाधम मञ्चन भईरहेको छ । नेपालको पूर्वी पहाडको ग्रामीण भेगको कथा प्रस्तुत गरेको नाटकले एक संर्घषशील नारीका आरोह अवरोहलाई चित्रण गरेको छ।

गाँउमा नुमासँग विवाह गरि सुखीसँग बसेको पारुहाङ राम्रो उब्जनी नभएर विदेशिएपछि नुमाको जीवनमा आएको उतारचढाव वरपर कथा घुमेको छ ।सर्वनामका १२ औं ब्याचका प्रशिक्षार्थी समूहले तयार पारेको नाटकमा विद्यार्थीकै निर्देशन छ।

नाटकमा सिद्धलाल महर्जन, वर्षा मल्ल, पाश्लाक्पा शेर्पा, शोभा लिम्बु, आयुषबहादुर श्रेष्ठ, समीर पौडेल, राम सेन्चुरी, मोहन श्रेष्ठ, धिरज थापा मगर, आशिष काफ्ले, जीवन पौडेल, सरोज उपाध्याय, मुकेश हमाल, नवराज पराजुली, क्षितिज पराजुलीलगायतको अभिनय छ । नाटक वैशाख १५ गतेसम्म मञ्चन हुनेछ।

 

प्रकाशित: १३ वैशाख २०७५ ०२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App