७ वैशाख २०८१ शुक्रबार
खेल

टेनिस प्रशिक्षण सिविर

काठमाडौं – नौलिन स्पाेर्टस भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस प्रशिक्षण सिविर सम्पन्न भएको छ। नौलिन स्पाेर्टस भिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ भंगाल सुन्दर बस्तीस्थित टेनिस कोर्टमा दस दिने विशेष प्रशिक्षण सिविर सञ्चालन भएको थियो।

१८ जना विद्यार्थी संलग्न रहेको प्रशिक्षण सिविरमा प्रशिक्षकहरु श्यामसुन्दर जिसी र श्रवण कार्कीले प्रशिक्षण दिएका थिए। विद्यालयको पुरानो शैक्षिक सत्र सम्पन्न भएर नयाँ शुरु हुनुअघि सिविर आयोजना गरिएको थियो। माल्दिभ्स र भारतमा टेनिस प्रशिक्षण गराउँदै आएका नेपाली प्रशिक्षकहरु अमित विष्ट र किरण थापाले पनि प्रशिक्षार्थीहरुलाई पनि प्रशिक्षण दिएका थिए।

हेम्सका प्रशिक्षक कार्कीले अन्य समयमा विद्यार्थीहरुले बढी पढाइमा ध्यान दिनुपर्ने भएकाले खाली समयमा प्रशिक्षणको व्यवस्था मिलाएको बताए।

कार्कीले भने, ‘प्रशिक्षण सिविर अवधिभर दैनिक ४ घण्टासम्म प्रशिक्षण गरायौं। त्यसले सानो उमेरका विद्यार्थीलाई प्रतिभा तिर्खान ठूलो सहयोग पुग्यो।’ सिविरमा १० देखि १८ वर्ष उमेरका विद्यार्थीहरु सहभागि थिए।

गत वर्ष स्थापना भएको नौलिन स्पोट्र्स भिल्लाले दैनिक रुपमा ‘आफ्टर स्कुल’ प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। भिल्लामा प्यारापिटसहितको तीन वटा अन्तर्राष्ट्रिय स्तरका क्ले कोर्ट छन्। डेढ करोड रुपैयाँ खर्च गरेर टेनिस कोर्ट स्थापना गरिएको हो।

भिल्लाका निर्देशक किशोर थापाले सबै उमेर तथा क्षेत्रका मानिसलाई टेनिसमा रुची जगाउन भिल्लाले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका बताए।

प्रकाशित: १३ वैशाख २०७५ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App