coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

दक्षिण कोरियामा जन्मदर घट्दो

सोल – दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ। बुधबार सार्वजनिक गरिएको फेब्रुअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्।

फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ। एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका छन्।

सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सबै भन्दा धेरै घटेको तथ्याङ्क हो। सन् २०१५ को डिसेम्बरदेखि गत फेब्रुअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ।

ढिला विवाह र एउटा मात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन्। विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ। अघिल्लो बर्ष भन्दा १९ हजार वा ११.६ प्रतिशत कम विवाह यस बर्षको फेब्रुअरी महिनामा भएको छ।

न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ।

प्रकाशित: १३ वैशाख २०७५ ०६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App