८ वैशाख २०८१ शनिबार
समाज

गाउँपालिकामा उपाध्यक्षको ताला

नौमुले गाउँपालिकाको कार्यालय।

दैलेख – दैलेखको नौमुले गाउँपालिका कार्यालयमा उपाध्यक्षले नै ताला लगाएकी छिन्। उनले गाउँपालिकाले गर्ने निर्णय देखी कामहरू पारदर्शी नभएको भन्दै उपाध्यक्ष अमृती सिंहले तालाबन्दी गरेकी हुन्।

बिहीबार बिहान गाउँकार्यपालिकाको बैठकमा विकास योजना र निर्णयहरू पारदर्शीता नभएको भन्दै लामो समय उपाध्यक्षले चर्को आलोचना गरेकी थिइन्। बैठक सकिए लगत्तै उपाध्यक्ष अमृता सिंहले अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतको ढोकामा ताला लगाएकी हुन्।

आफूलाई भुमिका विहीन रुपमा राखेर निर्णयदेखी योजनासम्म पारदर्शी नभएको भन्दै ताला लगाएको सिंहले बताइन्। न्यायिक समितिको संयोजक भएर पनि काम गर्न पाएको छैन्। उपाध्यक्ष सिहंले भनिन्, कानुन पढेको मान्छे सहयोगिका लागि राखौं भन्दा कहिले पनि सुनुवाई भएन्। हुँदाहुँदा विकास निर्माण देखी कार्यपालिकाका निर्णय समेत लुकाइयो। सिहंले आफूलाई अनुगमन समितिको संयोजक कानुनी रुपमा तोकिएपनि अध्यक्षले आफूसंग राखेको र आफ्नो अधिकार पनि खोसिएको बताइन्।

विपत ब्यवस्थापन समिति मार्फत विपतमा परेकाहरूलाई आर्थिक सहयोग गर्ने वा सामान किन्ने कुराहरू ठप्प छन्। निवेदनको ओहिरो नै लागेको छ तर, वितरण गरिएको छैन् जनतासंग मुख देखाउनै गाह्रो भइसकेको सिंहको भनाई छ। गाउँपालिका कार्यालयभित्र कुनै पनि काम गर्दा सल्लाह नै हुदैन् उपाध्यक्ष सिहंले भनिन्। अनुगमनको संयोजक म नै हुँ तर, अध्यक्षलाई संयोजक तोकियो। सल्लाहमै काम गरौं भन्दा पनि सुनुवाई नहुँला ताला लगाउँन बाध्य भए।

गाउँपालिकामा सबै काम सकारात्मक रुपमा चलेको अध्यक्ष भद्रे बुढा मगरले बताए। जनप्रतिनिधिहरूलाई जनताले काम गर्न पठाएका हुन् तर यहाँ आफ्नो सुविधा पाइएन भनेर ताला लगाइएको आरोप अध्यक्ष बुढामगरले लगाए। आफ्नो सेवा सुविधाको लागि तालाबन्दी गर्नु राम्रो होइन्। उपाध्यक्षहरूलाई बजेट भाषण गराए वापत भत्ता उपलब्ध गराउन निर्णयका लागि पहल गरेको हुँ जसले अरु उपाध्यक्षहरूका लागि नीति बसाल्नका लागि तर, यहाँ अनेक हल्ला गरिएको उपाध्यक्ष सिहंले प्रतिक्रिया दिइन्।

प्रकाशित: १३ वैशाख २०७५ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App