८ वैशाख २०८१ शनिबार
समाज

शौचालय जान्छु भनेर बेपत्ता भएका डिएसपी आफैँ सम्पर्कमा

काठमाडौँ – ३३ किलो सुन तस्करी प्रकरणमा बयान लिँदा लिँदै शौचालय जान्छु भनेर बेपत्ता भएका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएर हराएको भनिएको तस्करीको ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयमा बयान दिन पुगेका डिएसपी सञ्जय राउत  शौचालय जान्छु भनेर बेपत्ता भएको २४ घण्टापछि आफैँ सम्पर्कमा आएका हुन्।

गृहमन्त्रालय श्रोतका अनुसार डिएसपीसँग विहीबार नै बयान लिने तयारी गरिएकाे छ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको संयोजकत्वमा गठित समितिले उनको बयान लिने जनाइएको छ। 

प्रकाशित: १३ वैशाख २०७५ १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App