१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षासहित राष्ट्रपतिबाट ४ अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार विभिन्न चारवटा अध्यादेश जारी गरेकी छिन्।

उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ जारी गरेकी हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले मन्त्रिपरिषद्को सिफारिशमा ती अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिएका छन्। 

प्रकाशित: १३ वैशाख २०७५ ११:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App