८ वैशाख २०८१ शनिबार
राजनीति

राजधानी सार्ने हल्ला निराधार : मुख्यमन्त्री राई

फिफा रेफ्रिलाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्दै मुख्यमन्त्री राई । तस्बिर : नागरिक

चैनपुर– एक नम्बर प्रदेशको स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्ने हल्ला गलत रहेको बताए। उनले भने, पछिल्लो समय केही मिडियाहरुमा प्रदेशको राजधानी इटहरी सार्ने हल्ला निराधार भएकोले त्यसको पछि नलाग्न अनुरोध गरे। अहिले प्रदेशको राजधानी र नामाङ्कनको विषयमा केही छलफल भइरहे पनि औपचारीक छलफल हुन बाँकी रहेको राईले बताए।

कतिपय मानिसहरुले स्वार्थको आधारमा राजधानी सार्ने कुरा प्रचारप्रसार गर्ने गरेको पाइएको बताउँदैै कस्ले कुन उद्देश्यको लागि त्यस्तो प्रचार गरेको हो, थाहा नभएको उनको भनाई छ। मुख्यमन्त्रीको हैसियतले प्रदेशको नामाङ्कन र स्थायी राजधानी तोक्ने सम्बन्धी सहजीकरण गर्ने भएपनि सर्वसहमतिबाट नै अन्तिम टुङ्गो लाग्ने स्पष्ट पारे। 

मेयर गोल्डकपको उद्घाटन गर्न आएका राईले प्रदेश नम्बर १ ले खेलकुदलाई प्राथमिकताका साथ लिएको जानकारी दिए। विगतमा नेपालको खेलकुद क्षेत्र राजनितिक दलदलमा फसेको बताउँदै अब त्यस्तो हुन नहुने बताए। राज्यले समेत खेलकुद क्षेत्रमा लगानी गर्न नसकेकाले खेल क्षेत्रको विकास हुन नसकेको बताउँदै त्यसबाट पाठ सिकेर प्रदेश १ ले खेलकुद क्षेत्रमा लगानी गर्ने जानकारी गराए।

उच्च भुभागमा खेलाईने (हाई अल्टिच्युड) खेलहरुको पनि सम्भाव्यता अध्ययन गरी खेल सञ्चालन गरेर अन्तराष्ट्रिय खेल जगतको पनि ध्यानाकर्षण गरिने उनको भनाई छ। हाई अल्टिच्युडको खेल सञ्चालनको लागि प्रदेश नम्बर १ अत्यन्त सम्भावना बोकेको जिल्लाहरु रहेको बताए। 

प्रकाशित: १५ वैशाख २०७५ १५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App