coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

अरुण तेस्रोको कार्यालयमा बम विस्फोट

तुम्लिङटार – बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।

प्रहरीका अनुसार राति १२ बजे बम विस्फोट भएको हो। विस्फोटका कारण प्रर्खालमा सामान्य क्षति पुगेको प्रहरी निरिक्षक वेदप्रसाद गौतमले बताए। घटनाको जिम्मा कसैले लिएको छैन। अनुसन्धान भइरहेको गौतमले बताए।

यसअघि अरुण तेस्रोको पावरहाउस निर्माणस्थल पुखुवामा दुई पटक बम विस्फोट भइसकेको छ। दुवै घटनाको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको थियो।

प्रकाशित: १६ वैशाख २०७५ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App