coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भासिएको दुधौरा खोलाको पुल अझै सञ्चालनमा आएन

मर्मत गर्नमा ढिलाई गरिएको पूर्व–पश्चिम महेन्द्र राजमार्गमाको दुधौरा खोलाको भसिएको पुल। तस्बिरः नागरिक

बारा – पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलामा रहेको पुल अहिले सम्म मर्मत हुन सकेको छैन्।

जितपुर सिमरा उपमहानगरपालिकामा पर्ने दुधौरा खोलाको पुल गएको वर्ष साउनमा आएको बाढीले भासिएपछि मर्मत नगरिदा राजमार्गमा गुडने सवारीहरू खोलाबाट नै आवत जावत गर्ने गरेका छन्।

पूर्वका जिल्लाहरूबाट काठमाडौं लगायत पश्चिमका जिल्लाहरूमा आवत जावत गर्न पूर्व–पश्चिम महेन्द्र राजमार्गनै प्रयोग हुँदै आएको छ। सो राजमार्गमा निर्माण भएको पुल भासिएको लामो समय भइसक्दा पनि सम्बन्धीत निकायबाट ध्यान नदिँदा सवारी साधानहरूलाई आवत जावत गर्न समस्या हुँदै आएको छ।

खोलामा निर्माण गरीएको डाइभर्सनबाट सवारी साधानहरू सञ्चालन हुँदै आएपनि यसले जोखिम बढाएको यातायात व्यवसायीहरूले बताएका छन्। वर्षाका बेला दुधौरा खोलामा ठूलै बाढी आउँछ। डाइभर्सनमा सवारी चलाउन कठिन हुन्छ। पुल भासिएको १० महिना बितिसक्दा पनि मर्मत नभएको तराई यातायात व्यवसायी संघका अध्यक्ष ओमकृष्ण कार्कीले बताएका छन्।

खोलाबाट सवारीका साधन तथा ढुवानीका साधनहरू चलाउँदा पल्टिने डर समेत रहेको उनले बताए। ३ वर्ष पहिला पनि साउन र भदौ महिनामा आएको बाढीले यही पुलको एक पिलर भासिएको थियो। भासिएको पिलरलाई मर्मत गरी सञ्चालनमा ल्याइएको दुई वर्षमै फेरि त्यसको अर्को पिलर भासिएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ।

तत्कालिन सोभियत संघ रुसको सहयोगमा २०२६ सालमा निर्माणसम्पन्न गरीएको दुधौरा खोलाको पुलको लम्बाई ८९.३ मिटर रहेको छ। पुल महाशाखाबाट त्यसलाई मर्मत गर्न प्रक्रिया अगाडि बढाएकोले बर्षा लाग्नु अगाडि नै दुधौरा खोलाको पुललाई मर्मत गरेर सञ्चालनमा ल्याउने दाबी कर्णले गरे।

प्रकाशित: १६ वैशाख २०७५ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App