७ वैशाख २०८१ शुक्रबार
प्रवास

ब्रसेल्सका बसमा बुद्ध नेपालमा जन्मेको सन्देश

ब्रसेल्स–बेल्जियमको राजधानी बसेल्समा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिर भएका बसहरु गुड्न थालेका छन्।

बेल्जियमस्थित नेपाली दुतावास र मिसन अफ नेपाल टु युरोपियन युनियनले एक विज्ञप्ति जारी गर्दै ब्रसेल्स सहरका गुड्ने २० वटा बसमा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिरहरु राखिएको उल्लेख गरे।

बेल्जियमको अन्तर्राष्ट्रिय विज्ञापन कम्पनी जेसीड्युक्ससँग अगस्ट १६ देखि अगस्ट २९ सम्म बसमा नेपालको सांस्कृतिक तथा प्राकृतिक विविधता झल्काउने तस्बिरहरु राख्ने सहमती भएको बताइएको छ।

सम्झौताअनुसार दुतावासले नेपाल पर्यटन बोर्डबाट प्राप्त नेपालको प्रर्वद्धन गर्ने खालका चारबटा तस्बिरहरु उपलब्ध गराउनेछ जुन ब्रसेल्सका पाँच ट्रलीबसमा राखिनेछ।
यस्ता तस्बिरहरुमा ‘वेलकम टु नेपाल बर्थ प्लेस अफ लर्ड बुद्ध, नेचुरल्ली नेपाल, वान्स इज नट इनफ, माउन्ट एभरेस्ट, टप अफ दि वल्र्डः नेपालस् युनिक ट्रेर्जस् र नेपाल ः अल्वेज अट्रयाक्टिभ एण्ड सेभ डेस्टिनेशन फर टुरिस्ट जस्ता भनाइहरु भएका तस्बिरहरु राखिएका छन्।

नेपाली दुतावासले युरोपको राजनीतिक महत्वको ब्रसेल्स भएर यात्रा गर्ने यात्रुहरुको ध्यान खिच्न यो अभियान सफल हुने विश्वास व्यक्त गरेको छ।
 

प्रकाशित: १२ भाद्र २०७३ ०९:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App