जिम वेयरको जमाना
साँझको समय, दिन भरिको काम सकेर केहि जमात युवाटोली कुमारीपाटीस्थित फिटनेस सेन्टर धाउँछन्। चिसो मौसममा भन्दा गर्मी मौसममा जिम क्लब धाउनेहरुको संख्या बढी देखिन्छ । आकर्षक शरिर होस् भन्ने चहाना कस्को पो हुदैन र महिला होस् या पुरुष शारिरक बनावटमा ध्यान दिएको पाइन्छ।
बजारमाका युवाहरु जिम क्लबमा आफुसँगै समय बिताउन रुचाउछन् । जिम क्लबमा पुरुषको मात्र संख्या देखिन छाडेको छ । महिला र पुरुर संगसंगै जिम क्लब गएको देख्न सकिन्छ । जिम क्लबमा शारिरीक व्यायम गर्दा शरिर हाकर्षक मात्र नभएर स्वश्थ्य पनि हुन्छ ।युवतीहरु आकर्षक शरिर र खुल्ला लुगा लगाउन मिल्ने शरिर बनाउन जिम क्लब धाउने बताउछिन् निमु श्रेष्ठ ।
अक्सफोर्ड जिम सेन्टरकी प्रशिक्षक निमु शारिरीक व्यायममा निकै ध्यान दिन्छिन् । उनी भन्छिन्, ‘युवाहरु एप्स र स्टिल शरिर बनायन धाउछन् भने युवतीहरु स्लिम र टाइट शरिर बनाउन जिम आउने गर्छन् ।’ बढ्दो व्यस्तता, शारिरिक व्यायमको कमिका कारण शरिरमा आलस्य पैदा भई शारिरिक बनोटमा नकारात्मक परिवर्तन आउछ । शरिरलाई स्फुर्त र स्वश्थ्य बनाइराख्न दैनिक एक देखि दुई घण्टाको समय आफुलाई दिनु पर्ने निमु बताउँछिन्।
उनी भन्छिन्, ‘शारिरिक व्यायमले शरिरको मात्र नभएर तन, मन र दिमागको पनि राम्रो व्यायम गराउछ ।’ शारिरिक व्यायम गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने निमु बताउछिन् । ‘जिम गर्दा लगाइने लुगाले धेरै असर गर्छ, हलुका र सहज हुने कपडा लगाउनु पर्छ।’
केहि प्रचलित जिम वयरहरु
स्पोर्टस् ब्रा
शारिरिक कसरत गर्दा शरिरका बिभिन्न भागहरुको बिशेष ध्यान दिन आवश्यक हुन्छ । व्यायम गर्दा शरिरमा लगाइने ड्रेसको ठुलो भुमिका हुन्छ । महिलाले शारिरिक व्यायम गर्दा आफ्नो सम्बेदनशिल अंगहरुको बिशेष ध्यान राख्दै सुरक्षाका निमित्त आवश्यक सामग्रीहरुको प्रयोग गनु पर्ने बताउछिन कुमारीपाटी फिटनेस सेन्टरकी सोनिया शाक्य।
फिटनेस सेन्टर कुमारीपाटीमा बिगत दुई बर्ष देखि काम गर्दै आएकी छिन् । सोनिया भन्छिन्,‘हिजोका दिनहरुमा जिम गर्दा जिम वयरको महत्व निकै कम मानिसले मात्र बुझेका थिए तर आजभोली भने मानिस जिम वयरको बारेमा सचेत छन्।
’जिम क्लब जोइन गनु भन्दा अगाडि नै जिम वयरका समानको बारेमा सोध्ने गरेको बताउछिन् सोनिया । उनी भन्छिन्,‘ व्यायम गर्दा आवश्यक जिम वयरहरु जिम क्लबमा नै उपलब्ध गराई ग्राहकलाई सहज बनाएका छौ ।जिम गर्दा स्पोर्टस् ब्रा निकै महत्वपुर्ण रहेको सोनिया बताउँछिन्।
अन्य जुनै ब्रा लगाए पनि जिम गर्दा स्पोर्टस् ब्रा नै प्रयोग गर्नु पर्छ । बिभिन्न ब्रान्डका स्पोर्टस् ब्रा बजारमा उपलब्ध रहेको उनी बताउछिन् । उनी भन्छिन्, ‘स्पोर्टस् ब्रा ले महिलाको छातीको भागलाई सुरक्षित राख्छ, व्यायम गर्न पनि सहज हुन्छ।’
बजारमा स्पोर्टस् ब्रा बिभिन्न डिजाइनमा उपलब्ध छ। शरिरको बनोट र आकार अनुसार प्रयोग गर्न सकिन्छ । कस्तो ब्रा लगाउदा व्यायम गर्न सहज हुन्छ भन्ने बिचार गर्नु पर्ने सोनिया बताउछिन् । उनी भन्छिन्,‘ अरुले प्रयोग गरेको देखेर आफुल पनि त्यहि प्रयोग गर्ने हामी नेपालीको बानि छ जुन गलत हो, आफुलाई कस्तो डिजाइनको लगाउदा सहज हुन्छ त्यहि लगाउनु पर्छ।’
स्पोर्टस् ब्रा बिभिन्न प्रकारमा उपलब्ध छ । क्रप्ट स्पोर्टस् ब्रा, स्यान्डो स्पोर्टस् ब्रा, ट्याङ्क टप लगाएत डिजाइनमा उपलब्ध छ । सामान्यतया स्पोर्टस् ब्राको मुल्य एक हजार रुंपैयाबाट सुरु हुने सोनिया बताउँछिन्।
लेंगिञ्ज वयर
लेंगिञ्ज महिलाहरुको मन पर्ने लुगा हो । बच्चा देखि उमेर पुगेका महिलाहरुको रोजाइमा पर्न सफ भएको छ लेगिञ्ज । लेगिञ्जलाई कुर्ता, स्कर्ट, स्वर्टस्मा मात्र नभएर जिम क्लबमा पनि प्रयोग गरेको बताउछिन् सोनिया शाक्य । उनी भन्छिन्, ‘जिम गर्न आउने महिलाहरुले बिशेष मन पराउछन लेंगिञ्ज, लेंगिञ्ज लगाएर व्यायम गर्न सहज हुन्छ।
’लेंगिञ्ज बिभिन्न प्रकारका डिजाइनहरुमा उपलब्ध छन् । सादा रङंमा मात्र नभएर बिभिन्न प्रकारका बुट्टा भएका लेंगिञ्जहरु महिलाको रोजाइमा परेका छन् । फुल लेंगिञ्ज, क्वाटर लेंगिञ्ज, सादा रङ्गका लेंगिञ्ज, स्ट्रेचेबल लेंगिञ्ज, स्किन लेंगिञ्ज लगाएत बिभिन्न डिजाइनमा उपलब्ध छन् । सामान्यतया पाँच सय रुपैयाबाट सुरु हुने सोनिया बताउँछिन्।
टिसर्ट
जिममा व्यायम गर्न कटनको टिसर्ट नलगाउने सल्ला दिन्छिन् अक्सफोर्ट जिम एण्ड फिटनेसकी इन्स्टक्टर निमु श्रेष्ठ । साधारण तन्किने खालका नाइलनका टिसर्ट लगाउदा जिम गर्न सहज हुने उनी बताउछिन् । शरिर मोटो छ, धेरै पसिना निस्कन्छ भने स्लिभ लेस टिसर्टहरु लगाउदा उपयुक्त हुने उनी बताउँछिन् ।
उनी भन्छिन्, ‘सबैको शरिर एकैनासे हुदैन, कसैको पसिना छिटो र बढी आउने हुन्छ कसैको नआउने तसर्थ पसिना कम आउने वा आउदै नआउनेहरुका लागि हुडी, विन्ड स्वटर प्रयोग गरेर व्यायम गर्न सकिन्छ । बजारमा बिभिन्न प्रकारका जिम टिसर्टहरु उपलब्ध छन्, फुल स्लिभ, हाफ स्लिभ र स्लिभ लेस मात्र नभएर बिभिन्न ब्रान्डले जिम वयर बजारमा उपलब्ध गराएको छ।
शरिरलाई खुल्ला छोडेर व्यायम गर्नु पर्ने निमु बताउछिन् । उनी भन्छिन्, ‘व्यायम। कसरत भन्ने कुरा खुल्ला भएर रिल्याक्स्का साथ गर्नु पर्छ, कस्तो लुगा लगाउदा आफुलाई सहज हुन्छ त्यसमा ध्यान दिनु पर्छ ।’ बजारमा जिम वयर टिसर्टहरु सामान्यतया पाँच सय रुपैयाबाट सुरु हुने उनी बताउँछिन्।
स्पोर्टस् सुज्
स्पोर्टस् सुज्को प्रयोग दैनिक जिवनमा धेरै मात्रामा गरिन्छ । धेरै समय सम्म टिकाउ र हिड्दा आरामदायी र सहज हुने भएर स्पोर्ट सुज्को प्रयोग अत्याधिक गरिन्छ । जिममा प्रयोग गरिने जिम वयरहरु मध्य स्पोर्टस् सुज् अति आवश्यक वयरमा पर्छ । उभिनु पर्ने, उठ बस् गर्नु पर्ने, खुट्टाको धेरै जिम्मेवारी हुने भएर खुट्टाको सहजताका लागि स्पोर्टस् सुज् नै प्रयोग गर्नु राम्रो रहेको निमु श्रेष्ठ बताउँछिन्।
अन्य जुत्ता भन्दा स्पोर्टस् सुज् निकै फ्लेक्जिबल हुने भएर स्पोर्ट सुज्को प्रयोग गरिने उनी बताउछिन् । उनी भन्छिन्, ‘शरिरको सम्पुर्ण भार बोक्ने नै खुट्टाले हो तसर्थ खुट्टालाई व्यायम गर्दा सहज हुन जरुरी हुन्छ ।’ सामान्यतया स्पोर्टस् सुज् पन्ध्र सय रुपैयाबाट सुरु हुने निमु श्रेष्ठ बताउँछिन्।
ब्यान्ड
हेड ब्यान्ड
जिम क्लबमा जिम गर्न जानेहरुले ब्यान्डको प्रयोग गरेको पाइन्छ । कपालले आँखामा आएर डिस्र्टब गर्न बाट रोक्नलाई हेड ब्यान्डको प्रयोग गर्न सकिन्छ । निधारको पसिनामा कपाल टासिदा व्यायम गर्न असजिलो हुने हुदा हेड ब्यान्डको प्रयोग गर्नु राम्रो हुन्छ । हेड ब्यान्डको मुल्य सामान्य तया ३ सय रुपैया बाट सुरु हुने फिटनेस सेन्टरकी सोनिया शाक्य बताउँछिन्।
हेन्ड एण्ड लेग ब्यान्ड
हात र खुट्टामा लगाइने ब्यान्ड जिम वयरहरुमा पर्दछन् । जिम गर्नेहरुको फेसनको रुपमा हेन्ड एण्ड लेग ब्यान्ड धेरै प्रयोग गरिन्छ । जिम वयरमा फेसन खोज्नेहरुको हेन्ड एण्ड लेग ब्यान्ड राम्रो रोजाई हुन सक्छ । स्वर्टस् र स्लिभ लेस टिर्सटमा हेन्ड एण्ड लेग ब्यान्ड प्रयोग गर्दा राम्रो हुने फिटनेस सेन्टरकी सोनिया शाक्य बताउँछिन्।
ट्रयाकसुट, ट्राउजर, स्वर्टस्
हात्तीबनमी सुवर्णा जोशीलाई जिम क्लबमा दिनको दुई घण्टा समय बिताउन मन पर्छ । उनी व्यायम गर्दा ट्रयाकसुट, ट्राउजर लगाउन रुचाउछिन् । व्यायमले शरिर स्फुर्त मात्र नभएर मन र दिमाग पनि स्फुर्त रहेने उनी बताउछिन् । उनी भन्छिन्, ‘शरिरलाई जति सक्यो खुल्ला बनाएर व्यायम गर्छु त्यसकारण म ट्रयाकसुट र ट्राउजर रोज्छु।’
स्वर्टस् बिशेष गरेर टिनएजका युवाहरुले लगाउने गरेको बताउछिन् फिट्नेस सेन्टरकी सोनिया शाक्य । ‘जिम गर्दा फल ड्रेस लगाउन भन्झिटिलो मान्ने हरुको रोजाई हो स्वर्टस्’ उनले भनिन् । फ्लेग्जिीबल र स्ट्रेजेबल स्वर्टस्को प्रयोग गर्नु राम्रो हुने उनी बताउछिन् । स्वर्टस्को मुल्य सामान्य तया आठ सय रुपैया बाट सुरु हुने उनी बताउँछिन् ।