७ वैशाख २०८१ शुक्रबार
प्रवास

गाडीले ठक्कर दिँदा लण्डनमा नेपाली महिलाको मृत्यु

लन्डन– गुडिरहेको कारले  ठक्कर दिँदा लण्डनमा  एक नेपाली महिलाको मृत्यु भएको छ। हन्स्लो वेष्ट बस्ने  ४९ वर्षिया मिना लिम्बुको बाटो काट्ने बेलामा कारले  ठक्कर दिएपछि घटना स्थलमै  मृत्यु भएको हो।

छिमेकी बलराम मैनालीका अनुसार  किनमेलको लागि घरबाट निस्केकी लिम्बुको हन्स्लो वेष्टको बाथरोडमा आइतबार दिउँसो बाटो क्रस गर्ने क्रममा कारले ठक्कर दिएर मृत्यु भएकाे हाे। उनका २४ र २० वर्षीय  दुई छोरा छन्।

उनका श्रीमानको १ महिना अघि मात्र  नेपालमा निधन भएकोले उनी श्रीमानको काजक्रिया सकेर गत हप्ता मात्र बेलायत फर्केकी थिइन् । उनी बेलायतस्थित पाँचथर थर्पू समाज यूकेसंघ आबद्द थिइन्। समाजले आइतबार एक विज्ञप्ति जारी गर्दै उनको निधनमा गहिरो दुःख व्यक्त गरेको छ।  घटनाबारे प्रहरीले छानविन गरिरहेको समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनको लाश स्थानीय अस्पतालमा राखिएको जनाएको छ। 

प्रकाशित: १७ वैशाख २०७५ ०५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App