coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रोल्पामा ५ ठाउँ बाहेक अन्यत्र विरोध कार्यक्रम गर्न रोक

रोल्पा– जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाका पाँच स्थानलाई विरोध प्रदर्शन गर्ने ठाउँ तोकेको छ। जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै रोल्पा नगरपालिकाको टुडिखेल खुलाचौर, सुनिल स्मृति गाउँ पालिकाको सुलिचौरको पिपल चौतारामा मात्र बिरोध प्रदर्शन गर्न पाउने जानकारी गराएको छ।

त्यसैगरी रुन्टीगढि गाउँपालिकामा होलेरी बजारको खेल मैदान, माडि गाउँपालिकामा घर्तीगाउँको उपल्लोडाडा र थवाङ गाउँपालिकाको साबिक गाबिस भबन अगाडिको खेल मैदान तोकिएको छ। 

नागरिकको दैनिक जीबनलाई सहज तुल्याउन बिभिन्न पक्षहरुबाट हुने बिरोध प्रदर्शन यी पाँच स्थान बाहेक अन्यत्र गर्न पाइने छैन। ‘गृह प्रशासन सुधार कार्ययोजनाको बुदा नं ३० लाई कार्यान्वयनमा ल्याउदै सुरक्षा समितिको निर्णय अनुसार यसो गरिएको हो’, नागरिकसंग प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले बताए। अब कसैले पनि तोकिएका ५ स्थान बाहेक अन्यत्र बिरोध कार्यक्रम गर्न पाउने छैनन्।

‘बिरोध प्रदर्शनका कारण सडक अबरोध नहोस, व्यबसायलाई समस्या नपरोस र हुलहुज्जत नहोस भन्नलाई यसो गरिएको हो। भबिस्यमा थप गर्नुपर्ने अबस्था देखियो भने अन्य ठाउँमा फेरि बिरोध प्रदर्शनका लागि स्थान तोक्न सकिन्छ’, प्रमुख जिल्ला अधिकारी एमसीले भने।

प्रकाशित: १८ वैशाख २०७५ १५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App