८ वैशाख २०८१ शनिबार
समाज

अपांग मैत्री पुस्तकालय सञ्चालन

पुस्तकालयको भवन उद्घाटन समारोह। तस्बिरः नागरिक

नुवाकोट – नेपालकै पहिलो अपांग मैत्री तथा बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ मा रहेको जनजागरण सामुदायिक पुस्तकालय बिहीबार सञ्चालनमा आएको हो।

रिड नेपाल र ए.एस.बी को आर्थिक तथा प्रविधिक सहयोगमा निर्माण गरिएको पुस्तकालय भवनमा बाल कक्ष, महिला कक्ष, युवा कक्ष, सभा हल, सुचना संचार प्रवधी कक्ष, विपद् जोखिम न्यूनिकरण कक्ष, श्रव्य दृश्य कक्ष, कार्यलय कक्ष छुट्टाछुट्टै निर्माण गरिएको छ।

दुई तल्ले पुस्तकालय भवनको हरेक कक्षमा सबै किसिमका अपांगता भएका व्यक्तिहरूको पहुँच रहने तथा प्रयोग गर्न सक्ने गरि निर्माण गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तिमल्सिनाले बताएका छन्। उनको अनुसार पुस्तकालयमा अपाङ्गता भएका व्यक्तिहरूले पनि सहज तरिकाले प्रयोग गर्न सक्ने चार वटा सौचालय निर्माण गरिएको छ।

पुस्तकालयको भवन निर्माण गर्न जनजागरण सामुदायिक पुस्तकालयको पुनःनिर्माण तथा समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनिकरण परियोजनाले २ करोड ७५ लाख २७ हजार रुपैयाँ रकम छुट्टाएको कार्यक्रम संयोजक श्यामराजा तिमल्सिनाले बताएका छन्।

“पुस्तकालयको भवन निर्माण गर्दा १ करोड ७५ लाख रुपयाँ रुपैयाँ खर्च भएको छ। बाँकी रहेको रकम कृषि, पशु स्वास्थ्य, महिला सशक्तिकरण, अपांगता समावेशी कार्यक्रम, विपद् जोखिम न्यूनिकरण कार्यक्रम, पढ्ने बानिको विकाश तथा शैक्षिक क्षेत्रको विकाश गर्ने कार्यक्रमका साथै पुस्तकालयमा पुस्तक, फर्निचर, आई सि टि सहित विभिन्न कक्ष जडानका सामाग्री खरिदको लागि खर्च गरिने छ,” संयोजक तिमल्सिनाले भने, “पुस्तकालय बिगत २०५९ साल देखी संचालनमा आइरहेको थियो। भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षती भएपछी फेरी पुन:निर्माण गरीएको हो।”
पुस्तकालयको उद्घाटन एक कार्यक्रमकाबीच नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गरेका हुन्।

प्रकाशित: २० वैशाख २०७५ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App