५ वैशाख २०८१ बुधबार
अन्य

अनलाइन फुड मोह

सहरवासीको मन पर्ने खानाको परिकार हो मम । अनलाइनमा मगाइने खानाका परिकार मध्य ममको बढी रहेको छ। पुल्चोककी निता राईले अनलाइन फुड मगाएर खान सुरु गरेको एक बर्ष भन्दा बढी भैसक्यो । निता एक गैर संस्थामा कार्यरत छिन्।

अफिसको काम सकेर घर आउदा ढिलो हुने भएर अनलाइनबाट खाना मगाउने उनी बताउछिन् । उनी भन्छिन्, ‘म प्राय डिनर फुडमान्डुबाट अर्डर गरेर खाने गर्छु, प्राय मम र पिज्जा मगाउछु मलाई मिक्स पिज्जा र चिकेन सलामी पिज्जा पनि निकै मन पर्छ।’

समयको सदुपयोग हुने भएर अनलाइनबाट खाना मगाउने उनी बताउछिन् । उनी भन्छिन्, ‘रेस्टुरेन्टमा खाना जादा समय धेरै खर्च हुन्छ, ट्राफिक जामले दिक्क लाग्छ त्यस कारण म अनलाइन बाट नै मगाउछु ।’ धेरै मेहेनत गर्न नपर्ने, समय पनि सदुपयोग हुने भएर अनलाइन फुडमा खाना अर्डर गर्छिन निता राई।

अनलाइन फुड भन्ने बिक्तिकै जो कसैको मुखमा आउने नाम हो फुडमान्डु । ग्राहकले चाहेको रेस्टुरेन्टको खाना एक कलको भरमा चाहेको ठाँउमा (घर, अफिस) मा उपलब्ध गराएर सेवा दिदै आएको छ फुडमान्डुले । ४५ मिनेट देखि एक घन्टा सम्मको समयमा ग्राहकले भनेको ठाँउमा पुर्याउने ब्रान्ड मार्केटिङ म्यानेजर श्याम माली बताउछन।

फुडमान्डुले ग्राहकको सुबिधालाई ध्यानमा राखेर ग्राहकले चाहेको ठाँउमा खानाका परिकार उपलब्ध गराउदै आएको सात बर्ष भैसकेको छ । अनलाइनबाट खाना मगाएर खाने पारखीहरुले बिशेष रुचाइएको खानाको परिकार हो पिज्जा, बर्गर, मम र बिर्यानी । यि खानाका परिकारलाई खाना, खाजा दुबैको रुपमा खान उपयुक्त मानिन्छ।

फुडमान्डुले काठमान्डुमा मात्र नभएर भक्तपुरको लोकनथली, ललतिपुर सम्म बिभिन्न खानाको परिकार डेलिभर गर्दै आएकोे ब्रान्ड मार्केटिङ म्यानेजर श्याम माली बताउछन् । उनी भन्छन्, आफुले चाहेको खानाको परिकार खानलाई धेरै समय खर्चेर रेस्टुरेन्ट सम्म धाई राख्नु पर्ने बाध्यता अब रहेन, जुन रेस्टुरेन्टको खानाको परिकार मनपर्छ त्यहि रेस्टुरेन्टको खानाको परिकार मगाउन सकिन्छ।

ग्राहकले चाहे अनुसारको खानाको परिकार खानलाई बढी समय खर्चिएर, काठ्मान्डुको जाममा धुलो, धुवा, खाने दिन गएको बताउछन् ब्रान्ड मार्केटिङ म्यानेजर श्याम माली । अचेल रेस्टुरेन्टको खाना अनलाइनमा मगाएर खाने ट्रेन्ड निकै बढेको छ । बिशेष गरेर २५ बर्षको उमेर देखि ४५ बर्षको उमेर सम्मका मानिसहरुको रोजाई बनेको छ अनलाई फुड । फुडमान्डुमा २५० भन्दा बढी रेस्टुरेन्ट रेहेको माली बताउछन् । उनी भन्छन्, ‘सम्म गरेको रेकर्ड अनुसार ४४००० भन्दा बढी मम, ४२००० भन्दा बढी पिज्जा, १६००० भन्दा बढी बर्गर र ८००० भन्दा बढी बिर्यानी डेलिबर गरेका छौ।’

शहरियाहरुको ब्यस्त जिवनका कारण अनलाइन फुड प्रतिको आकर्षण बढ्दो रहेको उनले बताए । नक्सालमा रहेको फुडमान्डुले दैनिक तिन सय भन्दा बढी अर्डर लिने बताउछन् ब्रान्ड मार्केटिङ म्यानेजर श्याम माली । फुडमान्डुले बिशेष चाडपर्वमा बिभिन्न कार्यक्रम गर्दै आएको छ । फुडमान्डुले पहिलो पटक अनलाइन फुडफेस्टिबलको आयोजना गरेको हो।

अनलाइन फुडले घरघरमा खाना पुर्याएर भोक मेटाउनु कुनै नौलो होइन । आफुलाई मन पर्ने खाना फोन गरेर अर्डर गरेको केहि समयमा नै आफुले भनेको ठाँउमा आइपुग्छ । अचेल अनलाइन फुडको होम डेलिभर गर्नु त व्यवसाय नै भैसकेको छ । बिभिन्न अनलाइन फुडले एप्स निर्माण गरेर आफ्ना ग्रहाकलाई सहज बनाएका छन् । नेट र स्मार्ट फोन चलाउनेहरुको एप्स र फोनको भरमा इक्ष्या अनुसारको खाना अगाडि नै ल्याइ दिन्छन् अनलाइन फुड व्यवसायीहरु।

रोहित तिवारी (२६) फुड मारियोका सञ्चालक हुन् । फुड मारियोले घरघरमा अर्डर अनुसारको खाना मात्र पुर्याउदैन, घरघरमा तयार पारिएका परिकार पनि ग्रहाक सामु पुर्याउने काम गर्छ । घरकै भान्छामा नै तयार पारिएको खानाको परिकार आफ्नो मुल्यमा बेच्न सकिन्छ । उनी भन्छन्, हाम्रो आमा, दिदिहरुको बर्षौ देखिको खाना पकाउने अनुभबलाई प्रयोग गर्ने माध्यम भएको छ फुड मारियो।

फुड मारियोका घरेलु कुकहरु मध्य एक जना कुकले सात दिनमा एक लाख सात हजार रुपैया कमाएको बताउछन् रोहित तिवारी । घरमै बसेर खाने मात्र होइन्, घरमै बसेर पकाएर बेच्ने माध्यम बनेको छ फुड मारियो ।आठ महिना देखि सञ्चालनमा आएको फुड मारियो अन्य अनलाइन फुड भन्दा फरक रहेको उनी बताउछन् । उनी भन्छन्, फुड मारियो खाना खानेहरुको लागि मात्र नभएर खाना बनाउनेहरुको लागि राम्रो प्लयाटफर्म हो।’

रोहितले घरमा नै बसेर आफ्नै भान्साको खाना ग्राहकलाई खुवाउने वातावरण बनाएका छन् । केहि न केहि नयाँ काम गर्नु पर्छ भन्ने सोच लिएका रोहितले ७० जना भन्दा बढी गृहेणी आमा , दिदिहरुलाई खाना पकाउने अवसर प्रदान गरेका छन् । फुड मारीयोमा अहिले १७ जना कर्मचारी रहेको उनले बताए । फुड मारीयोले काठमान्डुमा खाना डेलिभर गर्ने काम निशुल्क गर्छ।

रोहित भन्छन्, फुड मारियो प्रत्यक कुकको भान्सामा पुगेर ताजा, स्वस्थ्यकर खाना ग्रहाक सम्म पुर्याउने काम गर्छ ।’ फुड मारियोका कुकहरु मध्य ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष रहेको उनले बताए । फुड मारीयोमा खाजाको रुपमा खाइने परिकार भन्दा नेपाली खानाको माग बढी हुने उनी बताउछन् । उनी भन्छन्, अन्य खानाको परिकार भन्दा नेपाली खाना दाल, भात, तरकारी , अचार, मासुको परिकारको बढी अर्डर आउछ ।’ अफिसमा काम गर्ने, घरमा खाना खान नभ्याउने, नेपाली खाना मनपराउनेहरुले बिशेष नेपाली दाल, भात नै अर्डर गर्ने बताउछन् रोहित।

थकाली खाना सेट, बिर्यानी, पिज्जाको लागि युवा जमातको रोजाई भएको छ फुड एक्सप्रेस । खानाको स्वाद र क्वालीटी खाना उपल्बध गराउने बताउछन् मार्केटिङ म्यानेजर जेनियुस् मगर । होटल म्यानेजमेन्टको टिम मिलेर सुरु गरिएको अनलाइन फुडेलीभरी काठमान्डौ भित्र गर्दै आएको छ । फुड एक्सप्रेसले अर्डर अनुसारको खाना आफ्नै भान्छामा तयार गर्छ।

फुड एक्सप्रेस सेवा दिदै आएको अठार महिना भन्दा बढी भएको बताउछन् जेनियुस् मगर । मगर भन्छन्, दिनको १२ बजे देखि राती ८ बजे सम्म अर्डर आउने गर्छ, हामी कहाँ मल्टि च्वाइस फुडको अर्डर बढी आउने गर्छ ।’ फुड एक्सप्रेसले मिक्स पिजा, मिट बल पिजा, सलामी पिजाको माग बढी रहेको उनी बताउछन् । उनी भन्छन्,अनलाइन भन्ने बिक्तिकै युवाहरुको डिमान्ड बढी आउछ ।’ फुड एक्सप्रेसमा फुड अर्डर गर्नको लागि एक घन्टा पहिला नै अर्डर गर्नु पर्ने उनी बताउछन् । फुड एक्सप्रेस नक्सालमा रहेको छ।

भोजन डिलको नामबाट सुरुवात भएको अनलाइन फुड अहिले भोजको नाममा सञ्चालनमा आइरहेको छ । एउटा फोन कलको भरमा चाहेको ठाँउमा मनपर्ने खाना आउछ । ग्रहाकहरुको सुबिधाको लागि भोजले आफ्नो छेट्टै एप्स बनाएको छ । भोजका सञ्चालक निकेत अग्रवाल भन्छन्, ग्राहकको सुबिधाको लागि हामीले हाम्रै एप्स बनाएका छौ, आफुलाई मनपर्ने रेस्टुरेन्टबाट खाना मगाउन सक्छन् ।’ ग्राहकले एप्सको प्रयोग गर्दा निकै सजिलो हुने उनी बताउछन्।

ब्यस्त दैनिकीका कारण नँया खानाको स्वाद लिउ भन्ने सोचले बाहिरको खाना मगाउनेको संख्या बढेको उनी अनुभब सुनाउछन् । उनी भन्छन्, एप्सको प्रयोग गर्दा आफु बसेको लोकेसन पठाइदिदा फोनमा जस्तो कँहा, कुन ठाँउ भन्ने झन्झट हुदैन, तपाईको ढोका सम्म आएर खाना रिसिभ गर्नको लागि एक कल आउछ त्यहि । ’कल गरेर पनि खाना अर्डर गर्न सकिने बताउछन् उनी।

भोजको एप्स प्रयोग गर्दा ग्राहाकले एक प्रतिशत डिस्काउन्ट दिने सुबिधा छ । ई सेवा, बिदेश बाट पनि बिल तिर्न मिल्ने बताउछन् अग्रवाल । कमालादि स्थित रहेको भोजको कार्यलयमा सिधै फोन गरेर आफुलाई मन पर्ने खाना मगाउन सकिधने उनी बताउछन् । अधिकाशं मानिसको रोजाई हो मम र पिजा । भोज मार्फत मगाइने खाना हरु मध्य नम्बर वानमा पर्छन् यी खाना।

प्रकाशित: २१ वैशाख २०७५ ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App