coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारागारमा स्वरोजगार कार्यक्रम चलाइने

सुर्खेत कारागारको निरीक्षण गर्दै मुख्यमन्त्री शाही। तस्बिरः नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका ९ वटै कारागारमा स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिने बताएका छन्। उनले कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी बन्दीलाई स्वरोजगार बनाउनका लागि यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको बताए।

‘कैदी बन्दीहरुलाई उत्पादनमा लगाउन प्रदेश सरकारले कर्णालीका ९ वटै जिल्लामा आवश्यक रकम उपलब्ध गराउँछ’ शुक्रबार जिल्ला कारागार सुर्खेतको निरीक्षणपछि मुख्यमन्त्री शाहीले भने, ‘उनीहरूका उत्पादनको बजारीकण पनि सरकार आफैंले गर्छ।’ मुख्यमन्त्री शाहीले चालू आर्थिक वर्षभित्रै कैदी बन्दीहरूलाई सीपमूलक तालिम दिएर उत्पादनमा जोड्ने योजना प्रदेश सरकारको रहेको बताए।

‘तत्कालका लागि कच्चा पदार्थहरू र दक्ष जनशक्तिको व्यवस्थापन प्रदेश सरकारले गर्छ’ उनले भने, ‘कारागारबाट उत्पादन भएका सामाग्रीको बजारीकरण पनि सरकार आफैंले गर्छ।’ उनले कैदी बन्दीले उत्पादन गरेका बस्तुको विक्रीका लागि सुर्खेतसहितका जिल्लाहरुमा कोशेली गृह निर्माण गरिने बताए।

२५ जना कैदी बन्दीको क्षमता रहेको सुर्खेत कारागारमा हाल दुई सय बढी छन्। कारागारमा सुत्न, पानी र शौचालयको समस्या छ। भवन अधुरै छोडेर ठेकेदार भागेपछि कैदी बन्दीहरु पुरानै भवनमा बस्न बाध्य छन्।

कारागारका नाइके सम्भु रोकायले भवन अभावमा खुल्ला ठाउँमा त्रिपाल टाँगेर सुत्नुपर्ने बाध्यता रहेको बताए। ‘रातदिन यही त्रिपालभित्र बित्छ’ एक वर्षदेखि पालभित्रै बस्दै आएका कारागारका नाइके रोकायले भने, ‘कारागार हाम्रा लागि सुधार गृहभन्दा पनि यातना गृह बन्दै गएको छ। पानी पर्दा रातभर जाग्राम बस्नुपर्छ। ओढ्ने र ओछ्याउने कपडा छैनन्।

उनले कैदी बन्दीले भोगिरहेका तत्कालका समस्या समाधान गर्न कारागार प्रशासनलाई निर्देशन दिए। खानेपानी, शौचालयलगायतका समस्या तत्काल समाधान गर्नुहोस् जेलर लालबहादुर खत्रीलाई उनले भने, बजेट छैन भने प्रदेश सरकारले उपलब्ध गराउँछ। कारागारका कैदी बन्दीहरुले मुख्यमन्त्री शाहीलाई आफूहरूले भोगिरहेका समस्या समेटेर ज्ञापनपत्र पनि बुझाएका थिए।

प्रकाशित: २१ वैशाख २०७५ १०:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App