८ वैशाख २०८१ शनिबार
समाज

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

रुकुम (पश्चिम)- आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–४, गोतामकोटका ३२ वर्षिया कर्ण बुढाको मृत्यु भएको हो।

आठबीसकोट नगरपालिकाको छारेबगबाट गोतामकोट तर्फ गइरहेको रा१ज ५९०२ नम्बरको जीप दुर्घटनामा परी अन्य छ जना घाइते भएका छन्। 

घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसार धमलाले जानकारी दिए। नगरपालिका–५, का २४ वर्षीया भुपेन्द्र विक र नगरपालिका–४, का २३ वर्षीय प्रजित विक रहेको प्रहरीको भनाइ छ। घाइते दुवैलाई जिल्लामा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ। 

प्रकाशित: २१ वैशाख २०७५ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App