coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेयर कपको उपाधि खाँँदबारीलाई

संखुवासभा– चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरीय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचखपनलाई १–० गोलले हराउँदै  खाँदबारीले उपाधि जितेको हो । 

खेलको पहिलो हाफको २९औं मिनेटमा खाँदबारीका नाइजेरियन खेलाडी अजय मार्टिनले गरेको एकमात्र गोलले खाँदबारीलाई उपाधि दिलायो । पाँचखपन पटक पटक पाएको कर्नर र फ्रिकिकको अवशर सदुपयोग गर्न सकेन । उपाधिसँगै  खाँदबारीले तीन लाख ३ हजार तीन सय ३३ रुपैयाँ पायो । उपबिजेता बनेको पाँचखपनले दुई लाख २ हजार २ सय २२ रुपैयाँमा चित्त बुझायो । 

प्रतियोगितामा म्यान अफ द म्याच खाँदबारीका मार्टिन घोषित भए । सर्वोत्कृष्ठ खेलाडीको उपाधी पाँचखपनका नाइजेरियन खेलाडी मुस्ताफाले पाए । खाँदबारीका विष्णु चौधरीले उत्कृष्ट गोल रक्षकको उपाधि जिते । 

आयोजक चैनपुरका विकाश लिम्बु सर्वाधिक गोलकर्ता घोषित भए । प्रतियोगितामा प्रदेश १ का ८ जिल्लाका १२ टिमको सहभागिता रहेको थियो । 

हिलाम्मे मैदान भएकाले पनि खेलाडीले भनेजस्तो प्रदर्शन गर्न पाएका थिएनन् । खाँदबारीले नाईजेरियन खेलाडीहरु ल्याएको थियो । खाँदबारीमा मार्टिन, पिटर, ओला केजी र जिङ्का जस्ता चर्चित नाईजेरियन खेलाडीको बाहुल्यता थियो । पाँचखपनका तर्फबाट चेरी, अम्बला र मुस्ताफा जस्ता नाईजेरियन खेलाडी सहभागी थिए । 


 

प्रकाशित: २१ वैशाख २०७५ १३:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App