coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

शान्ति स्मारक अनावरण

शान्ति स्मारक अनावरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा। तस्बिरः नागरिक

रोल्पा – ‘बिगतका द्धन्द्धकालिन घटनाहरू बिर्सनु हुँदैन। स्मारक, पार्क, गेट वा अन्य तरिकाबाट सम्झना दिलाउने गरि राखिराख्नु पर्छ।’

मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस, रोल्पा नगरपालिका र जिल्ला समन्वय समितिको सहयोगमा निर्माण गरिएको शान्ति स्मारक अनावरण गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले भने। ‘पुरानो अवस्था फेरी नदोहोरियोस भन्नलाई पनि द्धन्द्धकालिन घटना सम्झनु पर्छ।’

स्मारक अनावरणपछि मानव अधिकारको वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले भने ‘संबिधान हेर्ने हो भने नेपालमा मानव अधिकारको प्रत्याभूति अत्यन्त राम्रो तरिकाबाट उल्लेख गरिएको छ। कानून पनि त्यस्तै छ। तर दुःख लाग्दो कुरा कार्यान्वयनमा साह्रै फितलो छ। मानव अधिकारको रक्षक सरकार हो। तर उल्लंघन कर्ता उ नै भइरहेको छ।’

विगत १० वर्षे माओवादी सशस्त्र द्धन्द्धका समयमा ज्यान गुमाएका ६ सय ६९ र बेपत्ता ३३ जनाका नाम राखेर रोल्पा सदरमुकाम लिवाङ पहिलो पटक शान्ति स्मारक बनाइएको हो। ७ लाख ३९ हजार ८ सय २ रुपैयाँको लागतमा निर्माण गरिएको स्मारकको जिम्मा शुक्रबार देखि रोल्पा नगरपालिकाले लिएको छ।

स्मारक जिल्ला समन्वय समितिको जग्गामा हरप्लेसको ५ लाख ५४ हजार ८ सय २ रुपैयाँ र नगरपालिकाले १ लाख ८५ हजार लगानी तयार भएको हो।

प्रकाशित: २२ वैशाख २०७५ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App