coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

एकल लाइभमा टिका

काठमाडौं – २१ वर्षको उमेरमा दुवै हात गुमाएका गायक तथा संगीतकार टिका बोम्जनले ‘एकल लाइभ कन्सर्ट’ गर्ने भएका छन्। तीन सयभन्दा बढी गीत सिर्जना गरिसकेका उनले आगामी जेठ २८ गते राजधानीको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा टिका गुञ्जिन लागेका हुन्।

टिकाका अनुसार पहिलो खण्डमा नेपालका नाम चलेका गायकगायिकाले उनका गीत गाउने छन् भने दोस्रो खण्डमा उनी आफैंले आफ्ना गीत सुनाउनेछन् । कन्सर्टमा झण्डै डेढ दर्जन गीत सुनिनेछन्।

कार्यक्रममा  छांगाबाट झरना झ¥यो (कर्णदास), काँडे तारले बार (अन्जु पन्त), रोशी खोला (शिव परियार), मेरी सानु (प्रमोद खरेल), माटोले माग्दैन (सन्तोष लामा), तिमी रिसाउँदा (प्रमोद खरेल) चोलीको तुना (चन्दा घिसिङ)लगायत तीन सयभन्दा बढी गीतमा संगीत भरीसकेका टीकाको एकल कन्सर्टमा लगभग डेढ दर्जन् गीत प्रस्तुत गरिने छ।

नेपाली सेनामा कार्यरत रहँदा २०५९ मंसिर १३ गते द्वन्द्वको समयमा नगरकोट रिपिटर टावर सुरक्षार्थ खटिएका बेला पोस्ट मर्मत गर्दा अचानक चिप्लिएर लडी पोस्ट नजिकैको हाइभोल्टेज विद्युतीय तारमा उनको हात पर्दा दुवै हात काम नलाग्ने भएका थिए। त्यसयता उनी मुखले कलम समातेर गीत रचना एवं संगीत सिर्जना गर्दै आएका छन्।

सांगीतिक करियरमा पहिलोपटक एकल लाइभ कन्सर्ट गर्न लागेका उनी निकै उत्साहित छन्। ‘मैले संगीतप्रेमी श्रोतादर्शकबाट जति माया पाइरहेको छु । त्यो मेरो लागि जिउने आधार बनेको छ’, टिकाले भने, ‘मेरो पहिलो एकल कन्सर्टमा पनि सबैको साथ र सहयोग पाउने अपेक्षा गरको छु।’

हिमालयन नेपाली इभेन्ट्सको आयोजनामा हुने कार्यक्रमबाट संकलित रकम पीडित, अनाथ तथा असहाय बालबालिकालाई सहयोग गर्ने उनले बताए।

प्रकाशित: २३ वैशाख २०७५ ०४:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App