८ वैशाख २०८१ शनिबार
कला

नीतालाई कलाकारिता सम्मान

काठमाडौं – चलचित्र पत्रकारिता दिवसको अवसर पारेर पत्रकार डब्बु क्षेत्रीलाई चलचित्र पत्रकार संघ मकवानपुरले ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’बाट सम्मानित गर्ने भएको छ। दुई दशक बढी समयदेखि चलचित्र पत्रकारितामा सक्रिय क्षत्रीलाई आगामी जेठ ७ गते मकवानपुरमा ११ हजार १ सय ११ रुपैंयाँ राशीसहित सम्मान गर्न लागेको हो।

संघका अध्यक्ष मणिराज गौतमका अनुसार यो वर्ष जनता टेलिभिजनका पत्रकार रामकुमार एलनलाई पाँच हजार रुपैंयाँ राशिको ‘चलचित्र पत्रकारिता पुरस्कार’बाट पुरस्कृत र नायिका नीता ढुंगाना तथा कलाकार सुशान्त श्रष्ठलाई ‘चलचित्र कलाकारिता सम्मान’बाट सम्मानित गरिनेछ।

उनले कार्यक्रममा सहभागिता जनाउन दाङ, पोखरा, बुटवल, चितवन र काठमाडौका चलचित्र पत्रकारको पनि सहभागिता हुने बताए। संघले अघिल्लो वर्ष पत्रकार शान्तिप्रिय र कलाकार भोलाराज सापकोटालाई पुरस्कार तथा सम्मान प्रदान गरेको थियो।

प्रकाशित: २३ वैशाख २०७५ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App