७ वैशाख २०८१ शुक्रबार
समाज

तीन वर्षका लागि यार्सा संकलन बन्द

रुकुम (पश्चिम)– यहाँ पाइने यार्सा तीन वर्षका लागि संकलन बन्द गरिएको छ । आठबीसकोट नगरपालिका–२ स्यालाखदीमा पाइने यार्सा संरक्षणका लागि तीन वर्षसम्म संकलन बन्द गरिएको हो ।

गत वर्ष यहाँ यार्सा संकलन गरिएको थियो । ‘यहाँ कम यार्सा पाइन्छ,’ स्थानीय कर्णबहादुर एरीले भने, ‘प्रत्येक वर्ष टिप्दा लोपहुने सम्भावना छ ।’ तीन वर्षको अन्तरमा यार्सा टिप्दा संरक्षण हुने उनको भनाई छ । स्यालाखदीको सानाखारा, ठूलाखारा र भित्तेखोलामा यार्सा पाइने गर्छ । यहाँ यार्सा संकलनका लागि रुकुमलगायत, छिमेकी जिल्ला जाजरकोटबाट समेत आउने गर्छन् ।

यार्सा सिजन व्यवस्थापन समितिले दुई वर्षपछि मात्र यार्सा संकलनका लागि बुकिहरु खुल्ला गर्ने यहाँका अजय थापाले जानकारी दिए । यहाँ यार्सा संकलन बन्द गरिएपछि यहाँका वासिन्दाहरु यार्सा संकलनका लागि रुकुम (पुर्व), डोल्पा सम्म पुग्ने गर्छ ।

गत वर्ष यहाँ ६० लाख बराबरको यार्सा संकलन भएको थापाले जानकारी दिए । यस क्षेत्रलाई संरक्षण गरी गुणस्तरीय र धेरै यार्सा पाइने ठाउँ बनाउन सहयोग पुग्ने स्थानीयहरुको भनाइ छ । यहाँ वर्षाै अघिदेखि यार्सा संकलन गर्न लागिएको हो । पहिला पहिला प्रत्येक वर्ष यार्सा संकलन हुँदै आएको थियो । प्रत्येक वर्ष यार्सा संकलन गर्दा यार्सा नै खतरामा परेपछि तीन वर्षपछि यार्सा संकलन कार्य सुरु गरिएको स्थानीय शसिराम बिकले जानकारी दिए ।

जिल्लाको स्यालाखदीमा मात्र यार्सा पाइने गर्छ । यहाँका वासिन्दाहरुले यार्साबाट १५ हजारदेखि तीन लाखसम्म कमाउने गर्छन् । यो बर्ष अन्य जिल्ला जाँदा खर्च धेरै हुने हुँदा आम्दानी कम हुने स्थानीयहरुको भनाइ छ ।

प्रकाशित: २३ वैशाख २०७५ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App