८ वैशाख २०८१ शनिबार
कला

प्रदीप कन्सल्टेन्सीका सद्भावनादूत

काठमाडौं – अभिनेता प्रदीप खड्का कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डर भएका छन् । प्रदिप ‘एब्रोड’ एजुकेसनका लागि १२ वर्षदेखि समयदेखि काम गर्दै आएको ‘ब्राडफोर्ड एजुकेसन कन्सल्टेन्सी’को लागि ब्रान्ड एम्बेस्डरको रुपमा चयन भएका हुन्।

आइतबार राजधानीमा एक समारोहबीच पूर्व युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीको आतिथ्यमा प्रदीप ब्राडफोर्डको सद्भावनादूतको जिम्मेवारी ग्रहण गरेका थिए।  अभिनेता प्रदीप खड्का र बोर्डफोर्डका प्रबन्ध निर्देशक पवन बिष्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। प्रदिपले सद्भावनादूतको जिम्मेवारी एक वर्षका लागि ग्रहण गरेका हुन्। 

प्रदिपले सद्भावना दूतको पारिश्रमिकको बारेमा बोल्न चाहेनन्। उनले फिल्ममा भन्दा राम्रो पारिश्रमिक पाएको बताउँदै भने ,‘नेपालीहरु जुन देशमा गएर भए पनि शिक्षित र दक्ष बन्नुपर्छ भन्ने उद्देश्य मेरो पनि भएकाले सोही उदेश्य अनुरुप एब्रोड एजुकेसनका लागि म ब्राडफोर्डमा आबद्ध भएको हुँ। यो एक वर्षमा म धेरैभन्दा धेरै नेपालीलाई अष्ट्रेलिया, अमेरिका लगायत विभिन्न देशबाट उच्चशिक्षाको डिग्रीका लागि सारथि बन्नेछु।’ बिदेशमा डिग्री हासिल गरेर विदेशमै बसे पनि  नेपालीहरूले नेपालकै लागि काम गर्नु पर्छ भन्नेमा जोड दिने पनि उनले बताए।

पूर्व खेलकुद मन्त्री राजनकुमार केसीले नेपालीहरू अझ गुणस्तरीय शिक्षाका लागि विदेश गएर डिग्री लिनु राम्रो भएको बताउँदै अभिनेता प्रदीपलाई शिक्षा क्षेत्रसँग जोडिएकोमा उनले बधाइ दिए । ब्राडफोर्डले यो १२ वर्षमा हजारौं नेपालीलाई अमेरिका, युरोप, अष्ट्रेलियाबाट उच्चा शिक्षा हासिल गर्न सहयोग गर्दै नेपालीलाई शिक्षित हुन मद्दत पुर्‍याएको पनि पूर्व मन्त्री केसीले बताए। 

चलचित्र र शिक्षालाई जोड्दै कलाकारहरुले शिक्षा क्षेत्रमा पनि योगदान दिनसक्छन् भनेर ब्राडफोर्डको ब्रान्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्कालाई चयन गरेको यसका प्रबन्ध निर्देशक पवन बिष्टले बताए।

प्रकाशित: २४ वैशाख २०७५ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App