८ वैशाख २०८१ शनिबार
कला

रारा चिनाउँदै ड्रिम गर्ल

पोखरा- स्वदेशी पर्यटन प्रवद्र्धन गर्न रारामा सुटिङ गरिएको नेपाली चलचित्र ड्रिम गलको छायांकन सकिएको छ। हाईप्रोफाईल लभस्टोरीमा आधारित यो चलचित्र आगामी असोज १९ गते देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछन्।

चलचित्रको मुख्य भूमिकामा आकाश श्रेष्ठ र आश्मा गिरी रहेका छन्। नायिका आश्मा गिरीको यो डेब्यु समेत हो। प्रेमकथानमा आधारित चलचित्रमा उनीहरुसहित सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन्।

यसअघि चलिचत्र असार १९ गते प्रदर्शन गर्ने तयारी गरिएतापनि निर्माण पक्षले असोज १९ गते नयाँ मिति तोकेको हो।

चलचित्रको गीत र प्रोमो जेठको पहिलो सातादेखि प्रदर्शनमा आउने निर्माता रामेश्वर धितालले जानकारी दिए। हाईलाइट्स नेपालले यसको अख्तियारी लिईसकेको छ।

साढे दुई करोड भन्दा बढी लगानी लागेको फिल्म डिसिएनले वितरण गर्दैछ । आरबि मुभीजको ब्यानरमा बनेको फिल्मको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल छन । काठमाडौ, मुगु तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचीएको फिल्मको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । राहुल राईले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । फिल्म नवीन निरौलाले सम्पादन गरेका हुन् ।

निर्माण पक्षले ‘ड्रिम गर्ल’ को बिदेशमा निकै डिमाण्ड भएकाले पहिला देशबाहिर प्रदर्शन गर्न लागीएको जानकारी दिएको छ । ‘फिल्मको विदेशमा पनि सुटिङ गरिएका कारण पहिला अष्ट्रेलिया, युरोप तथा खाडी मुलुकहरुमा प्रदर्शन गरिने धितालले जानकारी दिए ।

प्रकाशित: २४ वैशाख २०७५ ०८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App