८ वैशाख २०८१ शनिबार
कला

‘मलाई मनपर्ने केकी’

प्रिय गफ

नेपाली चलचित्रमा लोकप्रिय अभिनेत्री हुन्, ऋचा शर्मा । उनले अभिनय गरेको लुट, टलकजङ भर्सेस टुल्के, भिसा गर्ललगायतका उनका सफल चलचित्र हुन् । कोहलपुर एक्स्प्रेस, सुनकेसरीलगायत केही चलचित्र प्रदर्शनका क्रममा रहेका छन् । उनै ऋचा शर्माले आफूलाई प्रिय लागेका कुरा नागरिक परिवारलाई यसरी बताएकी छन् ।

देश

मलाई आफ्नै जन्मभूमि नेपाल मन पर्छ । नेपालमा जस्तो प्रकृतिको हराभरा अरू देशमा पाइँदैन । त्यसैले मलाई मेरो देश नेपाल नै प्रिय लाग्छ  ।

नेता

मैले देखेको त छैन । सुनेअनुसार विशेश्वरप्रसाद कोइराला मन पर्छ । उनका कृतिहरु पनि धेरै पढेकी छु । उनी सरल र भलाद्मी थिए । उनको जिवनी पढेपछि मलाई नेतामा विशेश्वरप्रसाद कोइराला एकदम प्रिय लाग्छ ।

अभिनेता

इरफान खान मन पर्छ । उनको अभिनयबाट प्रभावित छु ।

अभिनेत्री

केकी अधिकारी मन पर्छ । उनको अभिनय रियालिटी जस्तो लाग्छ  । उनले गरेको अभिनयले मेरो मन मस्तिष्क छुन्छ  ।

पुस्तक

म प्रायः पुस्तकहरु पढ्छु । अहिलेसम्म पढेको पुस्तकमा नयनराज पाण्डेको ‘लु’ मन पर्छ । म तराईको मान्छे । नयनराज एउटा अब्बल उपन्यासकार हुन् । उनको ‘लु’ झनै राम्रो लाग्छ ।

साहित्यकारमा

मलाई उपन्यासकारमा बुद्धि सागर मन पर्छ । उनको लेखनशैली साह्रै मन पर्छ ।

ठाउँ

नेपालकै सुन्दर ठाउँ पोखरा धेरै मन पर्छ । काठमाडौंमा घुम्न जाने धेरै ठाउँ छैनन् तर पोखरामा जति पनि मनोरञ्जन लिने ठाउँ छन् । सुन्दर मनमोहक भएकोले पनि पोखरा धेरै मन परेको हो ।

घुम्न जान मन लागेको देश

क्यानडा जान मन लागेको छ  ।

भेटिरहन मन लाग्ने व्यक्ति

नेपाली अभिनेत्री केकी अधिकारी । उनीसँग भेट भइ रहुँ जस्तो लाग्छ  । उनीसँग फिल्म खेलेँ भनेर होइन । उनी एकदमै मिलनसार छिन् ।

फिल्म

मलाई पुरानो नेपाली फिल्म ‘कुसुमे रुमाल’ धेरै मन पर्छ । यो जति हेरे पनि हेरिरहँु जस्तो लाग्छ । मलाई मन पर्ने कलाकारहरु तृप्ति, भुवन दाइ हुन् ।  

भेट्न चाहेको तर नभेटेको

लियोनाडो डिक्याप्रियो हुन् ।  

कानमा लगाउने  

रिङ लगाउन मन पर्छ ।

खाना

थकाली खाना मलाई मन पर्छ । थकाली खानाको आफ्नै विशेषता छ ।

कलर
मलाई रातो कलर मन पर्छ ।

खेल
मलाई फुटबल खेल मन पर्छ । मैले फुटबल खेलमा आधारित रहेर ‘हाम्रो टिम’ सिरियल बनाएकी थिएँ ।
पहिलादेखि नै मलाई फुटबल खेल मन परेको हो । त्यसैले पनि फुटबल मन पर्छ ।

पर्व  
मलाई दिपावली मन पर्छ । दिपावलीमा जताततै झिलीमिली रमाइलो लाग्छ  । दिपावलीको झिलीमिली बत्ती, फूलैफूलको माला लगाउने एउटा हाम्रो राम्रो संस्कृति छ । दाजुबैनीको भेटघाट गराउने मुख्य पर्व हो यो । यो चेली र माइतीको नजिकपन गराउने पर्व हो । त्यसैले पनि यो पर्व मलाई धेरै प्रिय लाग्छ । यो पर्वमा हरेक दिन पूजा हुन्छ । त्यो हिन्दूको दोस्रो ठूलो चाड हो ।

जनावर
म आफूले त पालेकी छैन । मैले नपाले पनि कुकुर मन पर्छ ।

ब्याग
मलाई जुन सजिलो हुन्छ, त्यही बोक्छु । यही भन्ने छैन । जुनसुकै पनि मलाई प्रिय लाग्छ  ।

सवारी साधनमा
मलाई गाडी र स्कुटर मन पर्छ । दुवै बराबरी जस्तो चलाउँछु । अलिक टाढा जाँदा गाडी, नजिकै हँुदा स्कुटर चलाउँछु ।

सपिङ
प्रायः भाटभटेनी तिरै किन्छु । मैले यही ठाउँमा मात्र किन्छु भन्ने छैन । आफूलाई पायक पर्ने ठाउँमा किन्छु ।

सौन्दर्य प्रशाधन
सन सिल्क नै प्रयोग गर्छु । म अरू प्रयोग गर्दिन ।

गीत     
‘कुसुमे रुमाल’ फिल्मको ‘मायाको बारीमा कुसुमे रुमाल’ बोलको गीत मन पर्छ ।

गायक
नेपालीमा मलाई स्वरसम्राट नारायण गोपाल मन पर्छ । उहाँका हरेक गीत मन छुने खालका छन् । नारायण गोपालका गीत मन नपर्ने को होला र ?

प्रस्तुती : भोला अधिकारी

प्रकाशित: २४ वैशाख २०७५ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App