७ वैशाख २०८१ शुक्रबार
कला

संगीत यात्रामा स्टे ओपन

काठमाडौं – पहिलो सांगीतिक अभियान पश्चात डेनिस ब्राण्ड टुबोर्गले ‘टुबोर्ग ओपन’ नामक कार्यक्रम पुनः आयोजना गर्ने घोषणा गरेको छ । कार्यक्रम अन्तर्गत यो वर्ष कलाकार ‘डिप्लो’ र ‘मो’को बीच सहकार्य गराएर विश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र«याकहरु बनाउने भएका छन्।

यो वर्ष कार्यक्रमले विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ विशेष रचना गर्नुपर्ने प्रावधान राखेको छ । टुबोर्गका अनुसार एसिया र युरोपका प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’ हुन पे्रेरित गर्नेछन्।

अमेरिकी निर्माता तथा डिजे डिप्लो, जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए । उनी डेनमार्कका कलाकार मोसँग पुनः जोडिएका छन् । यो जोडीले ‘स्टे ओपन’ नामक ट्रयाक बनाएका छन् । जसमा विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’को औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्न आव्हान गरेको छ।

‘एम् टिभि ईएम्ए २०१७’ मा ‘बेस्ट रसियन अ्याक्ट’ को उपाधि जितेका डिजे तथा गायक ईभान र्डोनसँग रसियामा काम गर्दैछ भने भारतका विशाल डढलानी पनि यसमा आबद्ध छन् । नेपालले स्थानिय कलाकारहरुसँग सहकार्य गरेको भने पनि कलाकारको नाम खुलाइएको छैन । गायक र गीतकार लेभान्टेले इटालीमा हुने अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्य कलाकारहरु निश्चित हुन बाँकी नै छ।

डिप्लोले टुबोर्ग ओपनको दोस्रो वर्षमा सहभागीता जनाउँदा पाउँदा उत्साहित भएको जनाउँदै स्टे ओपन ट्र«याक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको बताए । त्यस्तै मोले ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको बताउँदै ट्र«याक पूर्ण रुपले फरक हुने बताए।

उक्त विश्वव्यापी ट्र«याकको ११ मे २०१८ मा प्रदर्शनी हुने र त्यसमा विश्वव्यापी र स्थानिय कलाकारहरुको ‘ओपन टु मोर’ यात्राको कथा हुनेछ । टुबोर्गका अन्तर्राष्ट्रिय बजार प्रबन्धक मिलन शाहले जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए ।

 

प्रकाशित: २५ वैशाख २०७५ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App