६ वैशाख २०८१ बिहीबार
कला

सोनमले प्रेमीसँग गरिन विहे

मुम्बई– बलिउड अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजासँग मंगलबार विवाह गरेकी छिन्। मुम्बईमा आयोजित समारोहमा सोनम र आनन्द वैवाहिक बन्धनमा बाधिएका हुन्। अानन्द पेशाले व्यापारी हुन्।

वैवाहिक समारोहमा परिवारका सदस्यका साथै बलिउडका कैयौ हस्तीहरुको उपस्थिती थियो। विहेमा सोनम रातो लेहंगामा सजिएकी थिइन्। समारोहमा सोनम र आनन्द निकै खुसी देखिन्थे। यद्यपी छोरीलाई विदाई गर्दा अभिनेता अनिल कपुर भने भावुक देखिए। 

सोनम र आनन्दको जोडीलाई शुभकामना दिन करिना कपुर, स्वरा भास्कर, अमिताभ बच्चन, आमिर खान, अभिषेक बच्चन, ज्याकलिन फर्नाडिज, जान्हवी कपूर, खुसी कपुर र रानी मुखर्जी पुगेका थिए। 

प्रकाशित: २५ वैशाख २०७५ १०:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App