८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

सौन्दर्यका लागि बोटक्स

डा. जेबिना लामा
सौन्दर्य चिकित्सक 
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल तथा द स्किन क्लिनिक

कसैमा व्यक्तित्व उसको आफू माथिको विश्वासबाट आउँछ र त्यो विश्वास आफूमाथिको भरोसाबाट आउँछ । बोटक्सले तपाईंमा आत्मविश्वास जगाउँछ र आकर्षक देखाउँछ । बोटक्स चाउरीपना हटाउने एउटा इन्जेक्सन हो । चाउरीपनाको उपचारका लागि यो विश्वमै सबैभन्दा उत्कृष्ट मानिन्छ । बोटक्स ब्याकटेरीअम क्लोसट्रिडिएम नामक जीवाणुको प्रोटिनबाट निर्माण गरिन्छ । यो प्राकृतिक रुपमा पाइने प्रोटिन हो, जसले मुहारका मांसपेशीहरुलाई आरामसाथ रहन दिन्छ र चाउरीपना हट्दै जान्छ । यो विधि अहिले काठमाडौंको सबैभन्दा प्रचलित चाउरीपना हटाउने विधि बनेको छ । 

बोटक्स नै शल्यक्रियाबिना चाउरीपना हटाउने विश्वको सबैभन्दा भरपर्दो औषधि हो । यसमा दुवै सौन्दर्य र औषधीय मूल्य छ । मांसपेसीहरुलाई आरामसाथ रहन दिनु र चाउरीपना हटाउनुका साथसाथै यसको प्रयोगबाट अत्यधिक पसिना आउने, माइग्रेन हुने, दाँत किट्ने, आखा आफैँ झिम्कने, टेनिस कुहिनो, छड्के आँखा, वेल्स पाल्सीजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

१० देखि १५ मिनट लामो यस उपचार प्रक्रियाबाट यसको परिणाम ३ देखि ७ दिनमै देखिन सुरु हुन्छ भने ४ दखि ६ महिनासम्म यसले काम गरिरहन्छ । उपचार प्रक्रियामा बोटक्सको थोरै मात्रामा अनुहार र घाँटीको मांसपेशीमा इन्जेक्सनमार्फत् लगाइन्छ । यसको कुनै साइड इफेक्ट हुँदैन तर डाक्टर चयन गर्दा हामीले विशेष होसियारी पु-याउनुपर्ने हुन्छ । यसको उपचार गर्न डाक्टर राम्रोसँग प्रशिक्षित र योग्य हुनुपर्छ । यस उपचारको लागि परिशुद्धता आवश्यक पर्ने भएकाले यसलाई प्रयोग गर्ने डाक्टर बोटक्सको प्रमाणित चिकित्सक हुनुपर्छ ।

यसको प्रयोगको लागि कुनै निश्चित आयु नभएता पनि यसको प्रयोग २४–२५ वर्षतिरबाट गर्न उचित हुन्छ । सधैँ जवान र आकर्षक देखिन र स्वस्थ छाला बनाउन मन हुनेहरुका लागि बोटक्स एकदमै उचित उपचार हो । चाउरीपना हटाउन र मुहारमा धर्को बन्न नदिनको लागि प्रयोग गर्न सकिन्छ । यसको प्रयोग जति चाँडै सुरु ग-यो, त्यति नै तपाईंको चाउरीपनाको सम्भावना घट्दै जान्छ । एकपटक छालामा चाउरीपन आएपछि हटाउन निकै गाह्रो हुन्छ । पुरुष र महिला दुवैका लागि उचित हुने यस उपचारबाट जो कोही पनि जवान रहन सक्छ ।

प्रकाशित: २५ वैशाख २०७५ १०:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App